यस्तो छ नयाँ ब्रान्ड हाउजेको एनके १५० बाइक

ISUZU

thee-go
yamaha-nepal
tvs-race

हालै नेपाली बजारमा चिनियाँ कम्पनी हाउजेका बाइक समेत भित्रिएका छन् । कम्पनीले ल्याएका विभिन्न मोडल मध्ये हाउजेको एनके १५० एक हो ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थप्ने अनुमान गरिएको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् ।

हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ ।

बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ । यो रातो, सेतो र कालो गरी तीन विभिन्न कलरमा उपलब्ध छ । बाइकको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले यो बाइक भित्र्याएको हो । कमलपोखरीस्थित कृष्ण पाउरोटीको विपरित दिशामा पहिलेको सुजुकी सोरुममा हाउजेको सोरुम उपलब्ध छ ।


Subscribe Now