सम्झनामा वर्ष २०७६ : हाउजे ब्रान्ड भित्रियो नेपाली बजारमा

ISUZU

tvs-race
yamaha-nepal
thee-go

काठमाडौं – २०७६ वर्ष हामीबाट विदा भएको छ । यो वर्ष नेपाली बाइक बजारमा नयाँ ब्रान्डको रुपमा हाउजे भित्रिएको वर्षको रुपमा पनि हामी सम्झिन सक्छौ ।

हाउजेलाई नेपालमा कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले आधिकारिक बिक्रेताका रुपमा भित्र्याएको हो । यो कम्पनी नेपालमा पहिलोपटक सुजुकी मोटरसाइकल भित्र्याउने अमर राजकर्णिकारको हो ।

कम्पनीले हाल एनके १५०, टिआर १५०, केए १५० मोडलका मोटरसाइकल र भिएस १२५ मोडलका स्कुटर आयात गर्दै आइरहेको छ । यी बाइकहरुको मुल्य क्रमशः ३ लाख ५० हजार, २ लाख ९५ हजार र २ लाख ४८ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

यी मध्ये सबैभन्दा लोकप्रिय डर्ट सेगमेन्टको बाइक हाउजे एनके १५० एक हो । डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थप्ने अनुमान गरिएको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् ।

हाउजेको एनके १५० बाइकमा नयाँ कम्पोजिट मेटरियल क्यारियरको रुपमा प्रयोग गरिएको छ । त्यसैगरी यसमा प्रयोग गरिएको एलसीडी डिस्प्लेमा विभिन्न जानकारी प्राप्त गर्न सकिन्छ । यसको इन्धन ट्यांकीको क्षमता साढे १२ लिटरको छ ।

बाइकमा भएको १४९.२ सीसीको इन्जिनले ८.८ किलोवाट पावर र ११.६ एनएम टर्क जेनेरेट गर्छ । यसमा फाइभ स्पिड गियरबक्स उपलब्ध छ ।

 


Subscribe Now