प्रसिद्ध क्रिकेटर धोनीको सम्मानमा गल्फले ल्यायो स्पेसल एडिसन प्याक

ISUZU

yamaha-nepal
thee-go
tvs-race

भारतमा गल्फ आयलले प्रसिद्ध क्रिकेट खेलाडी महेन्द्र सिंह धोनीको सम्मानमा गल्फ लुब्रिकेन्ट प्याक लन्च गरेको छ । स्पेसल एडिसनको रुपमा एमएस धोनी ट्रिब्युट प्याक ल्याएको गल्फले सो प्याक दुई महिना सम्म बिक्रीका लागि उपलब्ध गराउने छ ।

गल्फ लुब्रिकेन्टका विभिन्न रेन्ज मध्ये प्राइड इन्जिन आयल रेन्जमा सो प्याक उपलब्ध हुनेछ । कम्पनीको ब्रान्ड एम्बेसडर समेत रहेका धोनीको सम्मानमा स्पेसल एडिसन प्याक उपलब्ध गराएको गल्फ आयल इन्डियाले बताएको छ ।

पूर्व भारतीय क्रिकेट कप्तान समेत रहेका धोनीले ब्रान्डको क्वालिटी, इन्ड्युरेन्स र प्यासन समेत बढाउन भूमिका खेलेकाले समेत उनलाई यसरी सम्मान गरिएको गल्फको भनाइ छ ।

ब्लु र अरेन्ज प्याकमा धोनीको इमेज रेन्डर गरिएको सो प्याकलाई अन्य प्याकबाट सहज तरिकाले पहिचान गर्न सकिन्छ । भारतका सबै डिलरहरुमा सो प्याक उपलब्ध गराइने छ ।

गल्फका इन्जिन आयल विभिन्न रेन्जका बाइक र स्कुटरमा प्रयोग गर्न सकिन्छ । यो विभिन्न भिस्कोसिटी ग्रेडमा उपलब्ध छ । बाइक वा स्कुटरको एजिलिटी र पिकअपमा सहजता कायम गराउन र इन्स्टा पिकअप उपलब्ध गराउनका लागि एडिटिभ्सको रुपमा इन्जिन आयलले महत्वपूर्ण भूमिका खेल्ने गल्फको दावी छ ।

नेपाली बजारमा समेत गल्फ लुब्रिकेन्ट र यसका उत्पादन लोकप्रिय मानिन्छन् ।


Subscribe Now