tvs-race

ह्याकरहरुले मानिसलाई मात्र होइन, प्रविधिलाई समेत उल्लु बनाउने गरेको उदाहरण हालै सार्वजनिक भएको छ ।

जर्मनीको बर्लिनका एक कलाकार सिमोन वेकर्टले गुगल म्यापलाई ९९ सेकेन्ड सम्म ह्यान्ड स्मार्टफोनको सहयोगले ह्याक गरे । जसले गर्दा गुगल म्यापले क्लियर रुटलाई पनि हेभी ट्राफिक भएको देखाएको थियो ।

ट्राफिक अवस्था वारेमा सही जानकारी युजर सम्म पुर्याउनका लागि गुगलले स्लो मुभिङ वा हेभी ट्राफिकको डाटा एकत्रित गर्छ । यसका लागि कुनै खास स्थानमा यात्रा गरिरहेका गुगल म्याप प्रयोग गरिरहेका युजरको मोबाइललाई गुगलले एक्सेस गर्छ ।

यो अवस्थामा सिमोनले ट्राफिक जाम बताउने गुगलको यही प्रक्रियाका साथ उनले खेलवाड गरेका थिए ।

सिमोनले एउटा सानो ह्यान्ड ट्रलीमा ९९ वटा स्मार्टफोन राखे । त्यसपछि उनले सबैमा गुगल म्याप अन गरे । एक खाली सडकमा सिमोनले स्मार्टफोनले भरिएको ट्रली लिएर घुम्न थाले ।

यो अवस्थामा गुगल म्यापले त्यो खाली सडकलाई पनि हेभी ट्राफिक भएको देखायो । गुगल म्यापले त्यो प्रयांक गरेको हो भन्ने कुरा बुझ्न सक्ने पनि भएन ।

यद्यपि सो प्रयांकबाट कसैलाई केही नोक्सान भने भएन । तर पनि म्याप प्रयोगकर्ताहरुले भने आफ्नो रुटलाई अवश्य पनि परिवर्तन गरे ।