फोटोनले १५ सिटर गाडी नेपाली बजारमा ल्याउने

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिले नयाँ गाडी भ्यु सीटु १५ सिटर (View C2 15 Seater) नेपाली बजारमा ल्याउने भएको छ ।

फोटोनले विश्वभरि विश्व स्तरिय कमर्सियल गाडीहरु बिक्री–वितरण गर्दै आइरहेको छ । फोटोन मोटर्सले नेपाली बजारमा पनि विभिन्न मोडलका गाडीहरु ल्याउने क्रमलाई जारी राखेको छ ।

यो भन्दा पहिलो फोटोनले भ्यु सीएस२एल १९ सिटर गाडी नेपाली बजारमा उपलब्ध गराइरहेको छ । यसको सफल सुरुवातले गर्दा एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालि अर्को गाडी भ्यु सी२ लाई नेपाल भित्र्याउन प्रोत्साहित भएको बताइएको छ । यो गाडी सन् २०२१ को शुरुवातमा नेपाली बजारमा भित्रिने कम्पनी स्रोतको भनाइ छ ।

आकर्षक लुक र स्टाइलले गर्दा सबैको आँखा यो गाडीमा सजिलै जान्छ । अन्य गाडीमा जस्तै फोटोनले यो गाडीमा पनि विश्व स्तरीय इन्जिन र सुरक्षा मापदण्डहरु अपनाइएको बताएको छ ।

यो सेगमेन्टमा फोटोनको १५ सिटर गाडी सबैभन्दा बढी किफायती, सुलभ र आनन्ददायी भएको जनाइएको छ । यसको लागि फोटोनले रिसर्च एन्ड डेभलपमेन्टमा एकदमै धेरै समयका साथै प्रशस्तै रकम समेत खर्च गरेको छ । त्यसैगरी अन्य गाडी जस्तै यो गाडी पनि वातावरणमैत्री छ र शून्य प्रतिशत कार्बन डाइअक्साइड उत्सर्जन गर्छ ।

फोटोनको टेक्नोलोजी सेन्टरमा विश्वभरका ७० भन्दा बढी बैज्ञानिकहरु कार्यरत छन् । यसले गर्दा यो गाडीमा समेत टेक्नोलोजीको राम्रो प्रयोग भएको छ ।

आफ्नो व्यवसायमा लगानी गर्न चाहनेहरुका लागि फोटोनको यो १५ सिटर गाडी निकै नै उपयोगी सावित हुनेछ । यसको मूल्य ४० लाख देखि ५० लाख रुपैयाँ सम्म पर्ने अनुमान गरिएको छ ।

 

 


Subscribe Now