आज भारतमा लन्च हुँदैछ फोर्डको फिगो फेसलिफ्ट, केही दिनमै नेपाल आउने

फोर्डको नयाँ फिगो आज भारतमा लन्च हुँदैछ । भारतमा लन्च भएको केही दिनमै नेपालमा समेत लन्च गरिने कम्पनी स्रोतको भनाइ छ ।

फोर्ड फिगो फेसलिफ्ट दुई नयाँ इन्जिन अप्सनमा आउने सम्भावना छ ।

त्यसैगरी कारको एक्सटेरियर र इन्टेरियरमा पनि धेरै नै परिवर्तन देख्न सकिने छ । परीक्षणको क्रममा देखिएका केही तस्बिरहरु पहिले नै अनलाइन मिडियाहरुले सार्वजनिक गरेका थिए ।

फोर्डले यो भन्दा पहिले एस्पायर फेसलिफ्ट बजारमा उपलब्ध गराइसकेको छ । एस्पायरमा भएको जस्तै इन्जिन र गियरबक्स फिगोमा पनि हुनेछ ।

यसमा १.२ लिटर र १.५ लिटरको इन्जिन हुनेछ । १.२ लिटर पेट्रोल इन्जिनले ९६ एचपी पावर र १२० एनएम टर्क जेनेरेट गर्नेछ । त्यसैगरी १.५ लिटर पेट्रोल इन्जिनले १२३ एचपी पावर र १५० एनएम टर्क जेनेरेट गर्नेछ । त्यसैगरी १.५ लिटर डिजेल इन्जिन हुनेछ र यसले १०० एचपी पावर र २१५ एनएम टर्क जेनेरेट गर्नेछ ।

नयाँ फोर्ड फिगोमा नयाँ फ्रन्ट र रियर बम्पर, हनिकम्ब फ्रन्ट ग्रिल, नयाँ डिजाइनको हेडलाइट र नयाँ एलोई ह्विल्स हुनेछ ।

कारको क्याबिनमा अपहोल्स्ट्री र ६.५ इन्चको टचस्क्रिनका साथ फोर्डको सिंक ३ इन्फोटेनमेन्ट सिष्टम हुनेछ । यसमा एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई सपोर्ट गर्नेछ ।

नयाँ फिगोको सबै भेरिएन्टमा ड्युअल एयरब्याग, ईबीडीका साथ एबीएस, रिभर्स पार्किङ सेन्सर र सिटबेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध हुने छन् ।

यसको टप भेरिएन्टमा यी वाहेक फोर्ड एस्पायर र फ्रिस्टाइलमा जस्तै ४ एयरब्याग पनि हुने सम्भावना छ ।

Subscribe Now