फोर्ड फिगो फेसलिफ्ट भारतमा लन्च

फोर्डले भारतमा फिगोको नयाँ मोडल फिगो फेसलिफ्ट लन्च गरेको छ । यसको मूल्य ५ लाख १५ हजार भारुबाट प्रारम्भ हुने बताइएको छ ।

फोर्डको पहिलेको मोडल भन्दा यसको मूल्य ७० हजार भारु कम गरिएको छ । उक्त ह्याचब्याक एम्बिएन्ट, टाइटानियम र ब्लु गरी तीन भेरिएन्ट तथा पेट्रोल र डिजेल गरी दुई इन्धन अप्सनमा उपलब्ध हुनेछ ।

सबैभन्दा माथिल्लो ब्लु भेरिएन्टमा स्पोर्टी सेलुलर ग्रिल, नयाँ १५ इन्च एलोई ह्विल, ड्युअल फ्रन्ट रुफ, ब्लु थेम्ड इन्टेरियर र सेगमेन्टमै पहिलो ६ एयरब्याग रहेका छन् ।

फिगो फेसलिफ्टमा १.२ लिटर थ्री सिलिन्डर टीआईभीसीटी पेट्रोल इन्जिन छ, जुन धेरै हलुका र इन्धन किफायती समेत भएको बताइएको छ । यसले ९४ बीएचपी पावर र १२० एनएम टर्क जेनेरेट गर्छ । यसले २०.४ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।

डिजेल इन्जिमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा १.५ लिटर टीडीसीआई डिजेल इन्जिन छ, जसले ९९ बीएचपी पावर र २१५ एनएम टर्क जेनेरेट गर्छ । यसको माइलेज २५.५ किलोमिटर भएको कम्पनीको दावी छ ।

दुवै इन्जिनमा ५ स्पिड गियरबक्स उपलब्ध छ । अलि धेरै पावर चाहनेका लाग भने अर्को विकल्प पनि उपलब्ध छ । १.५ लिटरको ६ स्पिड गियरबक्स सहितको पेट्रोल इन्जिन पनि उपलब्ध छ, जसले १२३ बीएचपी पावर र १५० एनएम टर्क जेनेरेट गर्छ । यसको माइलेज १६.३ किलोमिटर प्रतिलिटर छ ।

Subscribe Now