नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
युवावर्गहरुमा बाइक मोडिफिकेसन गर्ने क्रेज बढिरहेको छ । बाइकलाई केही तरिकाले मोडिफाई गर्ने गरिन्छ, जसमा बाइकको डिजाइन परिवर्तन गर्नुको साथै बाइकको पार्टपुर्जा परिवर्तन गर्ने गरिन्छ । बाइकमा विशेषगरी टायर मोडिफिकेसन गर्ने चलन बढ्दै गएको छ । जसमा टायर चौडा र मोटो राख्ने गरिन्छ ।
बाइकको इन्जिन सीसीमा निर्भर रहेको हुन्छ । यदि बाइक १०० सीसी वा १२५ सीसी भएमा मोटो टायर जडान गर्दा बाइकको ग्रिप त बढाउछ तर यसको माइलेजमा असर पर्छ । चौडा र मोटो टायर जडान गर्दा बाइकको तौल पनि बढ्छ । जसले गर्दा माइलेज कम हुन्छ ।
बाइकमा चौडा र मोटो टायर जडान गर्दा बाइकको इन्जिनमा बढी फोर्स पुग्छ । जसले गर्दा बाइकको परफर्मेन्समा असर पर्छ । एक्सपर्टस्का अनुसार बाइकमा बनावटी टायर जडान गर्दा माइलेजको साथ साथै इन्जिनमा दबाव बढ्छ ।
टायर ट्युबलेस र ट्युब गरी दुई प्रकारको हुन्छ । ट्युबलेस टायर साधारण टायर भन्दा महँगो हुन्छ तर यसले बाइकको रोडमा ग्रिप र नियन्त्रण बढी रहन्छ । ट्युबलेर टायर पन्चर भए तापनि बाइकको कन्ट्रोल नियन्त्रणमा रहन्छ ।
बाइकमा टायर परिवर्तन गर्दा पुरानै आकारको टायर जडान गर्नु पर्छ । नयाँ जडान गरेको टायरको म्यान्युफ्याक्चरिङ डेट र क्वालिटीको जाँच गर्नु पर्छ । टायरमा कम्पनीको होलोग्राम लगाएको छ कि छैन त्यसको बारेमा पनि जानकारी हुनु पर्छ । टायरको वारेन्टी र बिल लिन कहिले पनि भुल्नु हुँदैन ।
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि...
नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै...
जर्मन अटो ब्रान्ड बीएमडब्ल्युका बाइक अहिले नेपाली बजारमा लोकप्रिय...