BMW Dashain offer
tvs-race

भल्भो कम्पनीले सिंगापुरको नानयांग टेक्नोलोजी युनिभर्सिटीसँग मिलेर विश्वकै पहिलो अटोनोमस इलेक्ट्रिक बस तयार गरेको छ । यसको परीक्षण पनि शुरु भएको छ ।

भल्भो ७९०० मोडलको सो बसमा ३६ सिट उपलब्ध छ । यसमा ८० जना यात्री बस्न सकिन्छ । यसलाई चालक सहित वा चालक नभए पनि अटोनोमस रुपमा चलाउन सकिन्छ ।

एआई नेभिगेसन सफ्टवेयरको प्रयोग
बसमा एआई नेभिगेसन सफ्टवेयरको प्रयोग गरिएको छ । यसले लिडार र स्टेरियो भिजन क्यामेरा देखि थ्रीडी इमेजनरी जस्ता एड्भान्स्ड सेन्सरलाई संकलन गर्छ ।

बसमा फास्ट चार्जिङ पोर्ट
भल्भो ७९०० बसमा ३०० किलोवाट आवरको फास्ट चार्जिङ पोर्ट्स लगाइएको छ । फास्ट चार्जिङ स्टेशनमा यसको सहयोगले चार्ज गर्न सकिन्छ ।

८० प्रतिशत कम विद्युत उपयोग
डिजेलबाट चल्ने बसको तुलनामा यसले ८० प्रतिशत सम्म कम विद्युत खपत गर्छ । यसबाट बसको अपरेटिङ खर्चमा धेरै नै कमी आउछ ।

सन् २०२२ देखि मात्र यो बिक्रीका लागि उपलब्ध हुने अनुमान गरिएको छ ।