होन्डाले ल्यायो पहिलो बीएस–६ मापदण्डयुक्त स्कुटर, यस्ता छन् फिचर

होन्डाले पहिलो बीएस–६ मापदण्डयुक्त स्कुटरको रुपमा एक्टिभा १२५ लन्च गरेको छ । यसमा नयाँ इन्जिनका साथै अन्य विभिन्न थप फिचरहरु समेत समावेश गरिएको छ ।

आगामी सेप्टेम्बरमा सो स्कुटर भारतीय बजारमा उपलब्ध हुनेछ । यसको मूल्य हालको एक्टिभा भन्दा करिब १० देखि १५ प्रतिशत महंगो हुने अनुमान गरिएको छ ।

एसीजी स्टार्टर
एसीजी स्टार्टर फिचरका कारण होन्डाको यो नयाँ एक्टिभा स्टार्ट गर्दा कुनै आवाज आउदैन । त्यसैले यसलाई साइलेन्ट स्टार्टर पनि भनिन्छ ।

आइडल स्टार्ट स्टप
पहिले हिरोका कुनै बाइकमा भएको यो फिचर अब होन्डा एक्टिभामा समेत हुने भएको छ । सो फिचरको कारण स्कुटर रोकिदा इन्जिन नै बन्द हुन्छ र इन्धनको बचत हुन्छ र एक्सिलरेटर थिच्दा नै फेरि स्टार्ट हुन्छ ।

पीजीएम–एफआई
नयाँ एक्टिभामा अब फ्युल इन्जेक्सन अर्थात एफआई इन्जिन हुनेछ । कम्पनीका अनुसार यसका कारण इन्जिन थप स्मुथ हुनुका साथै माइलेज पनि राम्रो हुन्छ ।

नयाँ कन्सोल
एक्टिभाको डिजिटल एनालग कन्सोलमा विभिन्न नयाँ फिचर उपलब्ध गराइएको छ । यसमा रियल टाइम फ्युल कन्जम्प्सन, ओभरल माइलेज र रेन्ज हेर्न सकिन्छ ।

अन्य फिचर
नयाँ होन्डा एक्टिभामा फ्रन्ट ग्लोब बक्स र एक्सटर्नल फ्युल लिड छ । यसमा भएको ड्युअल स्विचको सहयोगले सिट अनलक गर्नुृका साथै फ्युल लिड पनि खोल्न सकिन्छ । कम्पनीले यसको मूल्य अहिले घोषणा गरेको छैन ।

 

Subscribe Now