कार्तिक २६ गते हुने भयो पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको साधारण सभा
काठमाडौं – पोखराका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल...
काठमाडौं– अर्थमन्त्री डा. प्रकाश शरण महतले अटोमोबाइल ब्यवसायीसंग दुईवटा विषयमा गम्भिर सवाल राखेका छन् । शुक्रबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधरणसभालाई सम्वोधन गर्दै उनले इलेक्ट्रिक भेइकलमा कर छुट दिँदा उपभोक्ताले फाइदा पाएकी पाएनन् र एसेम्वल उद्योगले भ्यालू एड गर्न नसक्ने हो भने त्यस्ता उद्योगलाई छुट दिएर फाइदा के ? भन्ने प्रश्न गर्दै यस्तो सवाल राखेका हुन् ।
इलेक्ट्रिक भेइकलका विषयमा बोल्न लामो समय खर्चिएका उनले चालु आर्थिक वर्षको बजेटमा आफूले करको दरमा सामान्य फेरवदल गरेकै कारण नेपालमा इलेक्ट्रिक भेइकलको बिक्री ह्वात्तै बढेको दाबी समेत गरे । उनले भने, ‘कम मोटर क्षमता भएका कारमा थोरै कर बढाएर बढी क्षमतामा घटाउँदा धेरैले मेरो आलोचना पनि गरे । मोटर क्षमताका आधरमा त्यसअघि निर्धारण गरिएको करको दरमा निकै ठूलो अन्तर रहेका कारण उक्त अन्तरलाई केही कम गर्न मैले यसो गरेको थिए ।
यस विषयमा निकै ठूलो वहस हुन थालेपछि मैले त्यतिबेलै सामन्य फेरबदल गर्दैमा कम मोटर भएका कारको बिक्रीमा कमि आउँदैन भनेको थिए । तर अहिले मेरो भनाई सहि सावित भएको छ । थोरै कर बढाइएको ५१ देखी १०० किलोवाट सेग्मेन्टमा सबैभन्दा बढी इलेकिट्रक कार आयत भइरहेको छ । कर घटेको सेग्मेन्टको आयत निकै न्यून छ ।’
इलेक्ट्रिक भेइकललाई प्रबद्र्धन गर्न सरकारले निकै लचिलो निती लिए पनि यसको लाभ उपभोक्तासम्म नपुगेका हो कि भनेर उनले आशंका समेत ब्यक्त गरे । ‘ईभीमा हामीले जुन प्रकारबाट उदार नितीसहित कर छुट दिइरहेका छौ, त्यसको लाभ उपभोक्तासम्म पुगेको छ कि छैन ? ब्यावसायीले सोच्नुपर्ने समय आएको भन्दै उनले प्रश्न गरे ।
सम्पन्न वर्गले प्रयोग गर्ने साधन भएका कारण गाडीमा उच्च कर लाग्दै आएको र यसले भविष्यमा पनि निरन्तरता नै पाउने उनले प्रष्ट पारे । ‘नेपालमा गाडी चढ्ने वर्ग कस्तो हो भन्ने कुरा सबैलाई थाहा नै छ । राजश्वमा आधारित अर्थतन्त्र भएको हाम्रोजस्तो देशले गाडी लगायत विलासी सामानमा पनि कर छुट दिँदै जाने हो भने देश नै चल्न नसक्ने स्थिती रहनसक्छ । यसका वावजुत पनि हाम्रो आफ्नै उत्पादन विद्युतको खपत बढ्ने देखेर ईभीमा कर छुट दिएका हौं’ उनले भने ।
ईभीको आयत बढेसंगै अटोमोबाइल क्षेत्रबाट उठ्ने राजश्वमा कमि आएपनि तत्कालै करको दरलाई चलाईहाल्ने मनस्थितीमा आँफू नरहेको समेत उनले प्रष्ट पारे ।
एसेम्वल उद्योगमा सरकारले सकेको छुट दिएपनि यसले ‘भ्यालू एड’ गर्न नसकेको मन्त्री महतको भनाई छ । ‘कर छुट र विविधि सहुलियत दिएर खुलेका एसेम्वल उद्योगले ‘भ्यालू एड’ गर्न सक्दैन भने त्यस्ता उद्योगको उपदेयिताका बारेमै सोच्नुपर्ने अवस्था आउनसक्छ’ यस विषयमा उद्योगी ब्यवसायी सचेत रहनुपर्ने बताउँदै उनले ‘बारिहबाट सबै सामान ल्याएर जोडजाड मात्रै गर्ने हो भने यस्ता उद्योगलाई कर छुट दिनुको फाइदा के ? भन्ने प्रश्न गरेका हुन् ।
काठमाडौं – पोखराका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल...
काठमाडौं–एनआईयूको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने भएको छ ।...
वैशाख १३ अघि एलसी खोलिएका ८५० वटा कार, जीप र भ्यान नेपाल आउने भएका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...