मापसे कारवाहीमा परेकालाई स्वयंसेवकका रुपमा खटाउने गृहमन्त्रिको कदम, यस्तो छ प्रतिक्रिया

काठमाडौं– गणतन्त्र दिवस अर्थात जेठ १५ गते उपप्रधान एबं गृहमन्त्रि रवि लामिछानेले सामजिक सञ्जाल फेसवुकमा एक स्टाटस पोष्ट गरे ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अब देखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’

गृहमन्त्रिको उक्त स्टाटसमा हालसम्म १० हजार हाराहारीले कमेन्ट गरिसकेका छन् । यसरी प्रतिक्रिया जनाउने मध्ये धेरैले राम्रो कामको सुरुवात भनेर प्रशंसा गरेका छन् भने केहीले फरक विचार ब्यक्त गर्दै ट्राफिक प्रहरीले गर्ने गरेको ज्यादतीका बारेमा सचेत समेत गराएका छन् ।

‘गृहमन्त्री ज्यू अनि अर्को एउटा कुरा जानकारी गराउदछु : सडकका कुना काप्चा, गौडा, टर्निङ्ग, वान वे का नाममा बाटो ढुकेर ट्राफिकले दिनरात आतङ्क मच्चाएको देखिन्छ । ट्राफिकको हातमा सेतो पन्जा होइन ठूला ठूला चिटका बण्डल बोकेको देखिन्छ । यस्तो लाग्छ कि ट्राफिकलाइ सवारी ब्यवस्थापनको लागी होइन राजश्व उठाउन खडा गरेको जस्तो देखिन्छ । राज्य आफै जनताको ढाड सेक्दै लुटतन्त्रमा उत्रेको आभास हुन्छ । यस तर्फ पनि ध्यान दिने कि ?’ सन्तोष खड्काले प्रतिक्रिया जनाएका छन् ।

विपिन पोख्रेलले लेखेका छन्, ‘यो निर्णयले महिला ट्राफिक प्रहरीहरुलाई धेरै सहयोग पुर्याउनेछ । महिनावारीका समयमा ड्युटी नगर्न पाउनु स्वास्थ्य र सशक्तिकरणका दृष्टिले महत्वपूर्ण कदम हो । साथै, मापसे लगायतका नियम उल्लंघन गर्नेहरुलाई समाज सेवा गर्न बाध्य पार्नाले उनीहरुमा सुधार र जिम्मेवारीको भावना पनि विकास हुनेछ । गणतन्त्र दिवसको यस पहललाई धेरै नै सकारात्मक दृष्टिकोणले लिनुपर्छ ।’

विरेन्द्र वास्तोलले ठट्यौली पारमा कमेन्ट गरेका छन, ‘मापसे गर्नेहरुले ट्राफिक नियन्त्रण र व्यवस्थापन गर्न सक्लान् र गृहमन्त्री ज्यु ? जथाभावी तुर्र तुर्र सिठी बजाएर गाडी जुधाईको रमाइलो लेलान् नि मापसे गर्न नपाएको झोंकमा ।’

‘सजाय दिने तरिका राम्रै हो । मापसे साथै नियम उल्लङ्घन गर्नेलाइ बाटोमै खडा गरेर सबक सिकाउने सजिलो तरिका मन पर्यो गृहमन्त्रि ज्यु’ राज नेपालीलले कमेन्ट गरेका छन् ।

‘दुनियाँ कहाँ पुगिसक्यो दाई, तपाईंहरु अझै पनि ३० वर्ष पछाडि हिड्नु हुन्छ । देशको राजधानीमा एउटा ट्राफिक लाईट छैन, त्यतातिर जोड दिनुस । ओभर स्पिडका लागि क्यामेर राख्नुस, सडकमा लापरवाही सवारी चलाउनेलाई क्यामेराको प्रयोग गरेर चर्को शुल्क लगाउने नियम बनाउनुस आधा भन्दा धेरै सडक दुर्घटना त्यत्तिकै कम हुन्छ’ दिपक लामिछानेले प्रतिक्रया जनाएका छन् ।

मापसे, लेनक्रस र ओभरस्पिडमा सवारीसाधन चलाउनेहरुलाई कारवाही स्वरुप उपत्यकका विभिन्न स्थानमा स्वयंसेवक बनाएर सडकमा खटाउने काम वुधबारदेखी कार्यन्वयनमा आइसकेको छ । बुधवारमात्रै ६०४ जनाले स्वयंसेवक बनेर ट्राफिक व्यवस्थापनमा सघाएको उपत्यका ट्राफिक प्रहरी कार्यलयले जनाएको छ ।

सम्बन्धित समाचारहरू

इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारी साधनलाई साउन देखि कारवाही गरिने (सूचना सहित)

इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारी साधनलाई साउन देखि कारवाही गरिने (सूचना सहित)

काठमाडौं – बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनले असार मसान्त...

मोटरसाइकल चोरी : संख्या, सम्भावित स्थान, विधि र बच्ने उपाय

मोटरसाइकल चोरी : संख्या, सम्भावित स्थान, विधि र बच्ने उपाय

पछिल्लो समयमा उपत्यका र देशका अन्य स्थानहरुमा पनि चोरी गरी अनधिकृत रुपमा...

चुनावी अभियानमा यातायात पूर्वाधारविज्ञ गजुरेल, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

चुनावी अभियानमा यातायात पूर्वाधारविज्ञ गजुरेल, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता

सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...