हार्ले डेभिडसनले हालै सार्वजनिक गरेको नयाँ ज्वेलरीयुक्त बाइकको चर्चा अझै सेलाएको छैन । कम्पनीले स्विस घडी तथा ज्वेलरी निर्माता कम्पनी बुचेररसँग मिलेर सो बाइक निर्माण गरेको हो ।
यसको महत्वपूर्ण विशेषता के छ भने यसमा हिरा र सुनको प्रयोग गरिएको छ भने यसको निर्माणका लागि ८ ब्यक्तिको समूहलाई २५ सय घण्टा समय लागेको थियो । यसको मूल्य करिब साढे १९ करोड रुपैयाँ राखिएको छ । हाल यसलाई विश्वकै सर्बाधिक महंगो बाइक भनिएको छ ।
हार्ले डेभिडसन ब्लु एडिसन नामक सो मोटरसाइकलको माथिल्लो भागमा कम्पनीले आधुनिक प्रविधिले तयार गरिएको ६ लेयर ब्लु पेन्ट लगाएको छ ।
त्यसैगरी यसमा ३ सय ५० डायमन्ड र गोल्ड प्लेटेड स्क्रुज लगाइएको छ ।
यसको इन्जिनमा हिट रेजिस्टेन्ट एलईडी छ र यसको माथिल्लो भागमा पारदर्शी क्यामसाफ्ट छ । यसका कारण मोटरसाइकल चल्दा इन्जिनको पार्ट्सले काम गरिरहेको देखिन्छ । इन्जिनमा समेत लाइट भएको यो संसारकै पहिलो मोटरसाइकल समेत बनेको छ ।
यसको इन्धन ट्याकीको दायाँ भागमा एक घडी छ । कम्पनीबाटै मोटरसाइकलमा घडी जोडिएको यो पहिलो मोटरसाइकल समेत बनेको छ ।
इन्धन ट्यांकीमै सुनको डिजलर रिङ छ । यो ५.४० क्यारेट सुनले बनेको हो । यो देख्दा मोटरसाइकलबाट आँखा हटाउन कोही पनि चाहदैन ।
https://youtu.be/Nsnx7rl9IEs