एक्जिम कोड नवीकरण गर्ने म्याद असोज मसान्त सम्म थपियो

ISUZU

tvs-race
thee-go
yamaha-nepal

काठमाडौं – भन्सार विभागले एक्जिम कोड नवीकरण गर्ने म्याद असोज मसान्त सम्म थपेको छ । आज बसेको भन्सार व्यापार सहजिकरण समितिको बैठकले सो निर्णय गरेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए ।

केही दिन पहिले नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं राजस्व समितिका उपसभापति कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको टिमले भन्सार विभागका महानिर्देशक सुमन दाहालसँग भेटी एक्जिम कोड नवीकरणको म्याद २०७७ साल असोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरेको थियो ।

नेपालमा तीन हजार व्यावसायिक कम्पनीहरु एक्जिम कोडमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोर विजोरको सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नवीकरण गर्ने कम्पनीहरु १ हजार ५ सयको संख्यामा मात्र रहेको सन्दर्भमा सवै कम्पनीहरुले निर्धारित समयावधि भित्र नवीकरण गर्न नसक्ने अवस्था रहेकोले नवीकरणको म्याद थप गर्न नाडाले अनुरोध गरेको बताएको थियो ।

सो एक्जिम कोड नवीकरण गर्ने म्याद २०७७ असार मसान्तसम्म मात्र रहेको थियो ।

 


Subscribe Now