कहाँ जान्छन् एक्सचेन्जमा उठाइएका पुराना मोटरसाइकल

नयाँ बाइकको बिक्री बढाउन बिभिन्न आयतकर्ता कम्पनीहरुले प्रायः बाह्रै महिनाजसो एक्सचेन्ज क्याम्प चलाइरहेका हुन्छन् । पुरानो मोटरसाइकलसँग नयाँ साट्न पाइने भएपछि ग्राहक पनि यस्ता क्याम्पमा आकर्षित हुने नै भए ।

धेरैजसो ग्राहक आफूसँग भएको पुरानो मोटरसाइकल बिक्री गरी प्राप्त रकमलाई डाउनपेमेन्ट गर्दा बाँकी किस्ता तिर्न सकिने बिशेषताका कारण एक्सचेन्जमा आकर्षित भएका हुन् । यो त भयो कन्डिसनमा भएका र बिक्री गर्दासमेत राम्रै रकम आउने पुराना मोटरसाइकलको दृष्टान्त ।

तर कतिपय कम्पनीहरुले चल्दै नचल्ने अर्थात ग्यारेजमा थन्किएर बसेका मोटरसाइकललाई समेत राम्रो मुल्य दिने अफरसहित एक्सचेन्ज क्याम्प चलाउने गरेका छन् । यसरी अफरमा बिक्री भएका ती पुराना मोटरसाइकल न त रिकन्डिसन हाउसले उठाउँछन न त बिक्रेता कम्पनीहरुलेनै जम्मा गरेर राख्ने हुन् । आखिर कहाँ जान्छन त त्यस्ता थोत्रा मोटरसाइकल ?

काठमाण्डौको टेकुमा दर्जन हाराहारीमा यस्ता मोटरसाइकल उठाउने कवाडी पसल सञ्चालनमा छन् । हो तिनै कवाडी पसलले कवाडीको भाउमा यस्ता मोटरसाइकल उठाउने गर्छन् र तिनका पार्टपुर्जा छुट्याएर सेकेन्ड ह्यान्ड मूल्यमा बिक्री गर्छन् । यसरी पुराना मोटरसाइकलबाट काम लाग्ने पार्ट्स निकालेर बिक्री गर्दा नयाँ पार्ट्स बिक्री गर्ने बिक्रेताहरु समेत प्रभाबित बनेका छन् ।

अर्कोतर्फ राज्यलाई बर्षौदेखि कर नतिरी ग्यारेजमा थन्काएर राखिएका मोटरसाइकल बिक्री गर्दा राज्यले पाउनुपर्ने राजस्व समेत गुम्ने गरेको रिकिन्डसन ब्यावसायी संघका अध्यक्ष दिनेश महत बताउँछन् । उनका अनुसार पुराना मोटरसाइकललाई मर्मत सम्भार गरेर चलाउने हो भने एकातिर राज्यले उठाउन बाँकी कर समेत उठ्ने र नयाँ मोटरसाइकल खरिद गर्दा बाहिरिने रकम समेत बचत हुने देखिन्छ । ‘कम्पनीहरुले यसरी एक्सचेन्ज क्याम्प ल्याउनु उनीहरुको बिक्री बढाउने रणनीति अनुसार त ठिकै होला तर थोरै रकम खर्चेर मर्मत सम्भार गरी चलाउन सकिने साधनलाई कौडीको भाउमा बिक्री गर्नु राष्ट्रको लागि भने घाटाको ब्यापार हो’ उनले भने ।

उनको भनाइमा सहमति जनाउदै स्पेयर पार्ट्स व्यवसायी शशिकान्त अग्रवाल समेत नयाँ बाइकको बिक्री बढाउनकै लागि यसरी बाह्रै महिनाजसो एक्सचेन्ज क्याम्म चलाइनु राष्ट्रको लागि फाइदाजनक नरहेको बताउँछन् । आरएसके ट्रेड कन्सर्नका सञ्चालक उनी भन्छन्, ‘एउटा पुरानो मोटरसाइकल एक्सचेन्ज हुनु भनेको त्यसको स्थानमा अर्को नयाँ मोटरसाइकल आयात हुनु हो । यस अर्थमा ब्यापार घाटा न्यूनीकरण गर्नका लागि पनि सकेसम्म नयाँ मोटरसाइकलको आयात कम गर्न राज्यले पहल गर्नुपर्छ । यसका लागि हाल भइरहेको एक्सचेन्ज क्याम्पहरु बन्द गरिनुपर्छ ।’

एक्सचेन्ज सुबिधाकै कारण हाल सडकमा पुराना मोटरसाइकल देखिनै छाडेको उनी बताउँछन् । एक्सचेन्ज कम भयो भने स्पेयर पार्ट्सको बजार समेत बढ्ने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस कहाँ जान्छन् थोत्रा र कवाडी मोटरसाइकल ?

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...