tvs-race

काठमाडौं – एभरेष्ट बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको सयोजनमा कुपण्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातिका विरुवा रोपिएका छन् ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पूल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदूषण न्युनीकरण गर्न यस अभियानको थालनी गरिएको हो ।

एभरेष्ट बैंकले वातावरण संरक्षण गर्न संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको बताएको छ । एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा ललितपुर महानगरपालिकाले हरित अभियान सहकार्य गरेको छ ।

एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत लाजिम्पाट, कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका स्थानमा वृक्षरोपण कार्य गरिसकेको छ । पोखरामा प्रदुषण न्यूनीकरण गर्ने शव दाह गृह निर्माण एवं विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीमा पिउने पानीको व्यवस्था तथा अन्य स्थानमा सार्वजनिक शौचालय निर्माणमा पनि बैंकले सहयोग गर्दै आइरहेको बताएको छ ।