काठमाडौं – इन्जिन टु मुफ्लर्स प्रा लिको ईटुएम अटो पार्ट्स आउटलेटको शुभारम्भ भएको छ । काठमाडौंको बसुन्धारामा स्थापित सो अटो पार्ट्स आउटलेटको उद्घाटन नाडाका सचिब अनुप बरालले गरे ।
उक्त समारोहमा नाडा लुब्रिकेन्ट कमिटीका एक्जिक्युटिभ मेम्बर मधुसूदन सिग्देल, कम्पनीका संचालकद्वय विनोद अधिकारी र विमल पौडेल, एभ मोटर्स प्रालिका संचालक दिलिप सिग्देललगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सो पार्ट्स आउटलेटले मारुती सुजुकी, हुन्डाई, ड्याटसन लगायतका गाडीहरुको जेन्युइन पार्टपुर्जा सुपथ मुल्यमा उपलब्ध गराउने बताएको छ ।
विगत १२ बर्ष देखि सेभ्रोले, ड्याटसन निसान, मारुती सुजुकी, महिन्द्रा, जेसीबीलगायतका नेपालस्थित डिलरहरुको स्पेयर पार्ट्स विभागको माथिल्लो तहमा काम गरी अनुभव बटुलेका विनोद अधिकारी र विमल पौडेलको सहकार्यमा उक्त आउटलेट शुभारम्भ भएको हो ।
काठमाडौं बाहिरका ग्राहकलाई छिटो माध्यमबाट जेन्युइन पार्टपुर्जा उपलब्ध गराउनु कम्पनीको मुख्य उद्देश्य रहेको सञ्चालक द्वयको भनाइ छ । काठमाडौं बाहिरका ग्राहकले सामान्य पार्टपुर्जाको अभावमा हप्तौ सम्म गाडीको मर्मत हुन नसकी प्रयोग गर्न नपाउने अवस्थाको अन्त्य गर्न कम्पनीले जुनसुकै पार्टपुर्जा १२ घण्टा भित्र नेपालको कुनै पनि स्थानमा यातयातको कुनै पनि माध्यम प्रयोग गरी उपलब्ध गराउने छ ।
कम्पनीले काठमाडौं भित्रका ग्राहकलाई आफ्नो आउटलेटबाट सुपथ मूल्यमा सामन उपलब्ध गराउनुको साथै कुनै पनि सर्भिस सेन्टर अथवा पार्ट्स व्यवसायीले मागेको स्थानमा पु-याइदिने छ ।
मारुती सुजुकी, हुन्डाई, ड्याटसन लगायतका गाडीहरुको जेन्युइन पार्टपुर्जा होलेसेल मूल्यमा उपलब्ध गराउने कम्पनीको भनाइ छ । अनलाइन व्यवसायको बढ्दो मागलाई मध्यनजर गर्दै अनलाइन पार्ट्स आउटलेटको सुरुवात पनि निकट भविष्यमा गर्नेछ ।
आफ्ना ग्राहकलाई छिटो छरितो सेवा दिन कम्पनीले आउटलेटको अलावा करिव १५ सय वर्गफिटको गोदाममा आयात गरिएको सामान भन्डारण गरी बिक्री–वितरण गर्नेछ ।