विद्युतीय सवारी बजारमा उत्साह थपेको वर्ष २०८०

वर्ष २०८० अब हामीबाट विदा हुँदैछ । यो वर्ष नेपाली अटोमोबाइल बजारमा विभिन्न आरोह अवरोह कायमै रह्यो । आर्थिक मन्दीबाट गुज्रिरहेको बजारमा विद्युतीय सवारीले भने अपेक्षित रुपमा गतिशीलता प्रदान गर्न सफल रह्यो ।

चालु आर्थिक वर्षको आठ महिनामा ६ हजार ४३५ विद्युतीय गाडी (कार, जिप र भ्यान) आयात भएका छन्। जुन गत आवको सोही अवधिको तुलनामा २.९२ गुणा अर्थात् १९२.७६ प्रतिशत बढी हो। गत आवको फागुन मसान्तसम्ममा ६ अर्ब १६ करोड ८२ लाख रुपैयाँ बराबरका २ हजार १९८ वटा विद्युतीय गाडी आयात भएका थिए। भन्सार विभागले हालै प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो।

अहिले नेपालमा मासिक औसत ८०४ वटा विद्युतीय गाडी भित्रने गरेको विभागको तथ्याङ्कले देखाउँछ। तर, पछिल्लो पटक फागुनमा भने ज्यादै न्यून आयात भएको छ। फागुनमा २७६ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। गत माघमा पनि कुल २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ बराबरका १ हजार ५२ वटा ईभी आयात भएको थियो।

गत पुसमा भने यो वर्षकै उच्च आयात भएको छ । सो महिनामा कुल ३ अर्ब ६२ करोड ६२ लाख रुपैयाँ बराबरको १ हजार ४२१ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । यस्तै, गत असोजमा पनि औसतभन्दा बढी १ हजार २३७ वटा आयात भएको थियो । विभागका अनुसार मंसिरमा पनि ८९९ वटा, कात्तिकमा ६५२, भदौमा ७८८ र साउनमा ११० वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् ।

नेपालमा सबैभन्दा धेरै चीनबाट ईभी आयात हुने गरेको छ । आठ महिनाका चीनबाट ३ हजार ९६९ विद्युतीय सवारी आयात भएको छ। चीनबाट मात्रै १० अर्ब ८६ करोड ४ लाख रुपैयाँ बरारबको ईभी आयात भएको छ।

यस्तै, अर्को छिमेकी मुलुक भारतबाट पनि विद्युतीय सवारीको आयात उच्च देखिएको छ । भारतबाट ८ महिनामा ४ अर्ब ५९ करोड ७६५ लाख रुपैयाँ बराबरको २ हजार ३८० वटा ईभी नेपाल भित्रिएका छन् । यता, कोरियाबाट २४ करोड ४८ लाख रुपैयाँ बराबरको ४२ वटा, जर्मनबाट ७ वटा, अमेरिकाबाट ३ वटा र इन्डोनेसियाबाट ३४ वटा ईभी आयात भएका छन्।

हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन्। नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुन्डाई, बीवाईडी ब्रान्डको विद्युतीय कारहरू निकै रुचाइएका विद्युतीय कारको ब्रान्ड हुन्। नेपालमा पछिल्लो विद्युतीय सवारीप्रति आकर्षण बढी रहेको छ ।

विद्युतीय माइक्रोबस बढ्दै
पछिल्लो समयमा विद्युतीय माइक्रोबस नेपाली सडकमा बढ्दै गएका छन् । काठमाडौंदेखि लगभग २५० किलोमिटर आसपासको सहरमा अहिले ईभी भ्यानको प्रयोग बढ्न थालेको छ । त्यसैगरी जिल्लातिर पनि यस्ता भ्यानको प्रयोग बढिरहेको छ । २५० किलोमिटर हाराहरी रेन्ज दिने र संचालन खर्च एकदमै न्यून हुने कारण यस्ता रुटमा ईभी भ्यानको प्रयोग बढ्न थालेको अनुमान गर्न सकिन्छ ।

नेपाली सडकमा अहिले १ हजार ३०० हाराहारी ईभी भ्यान गुड्न थालेका छन् । सन् २०२३ मा मात्र यस्ता भ्यान १ हजार हाराहारी संख्यामा आयत भएको भन्सार बिभागको तथ्यांकले देखाएको छ । यी साधनको माग बढेसंगै व्यवसायीको प्राथमिकतामा ईभी भ्यान पर्न थालेका छन् । बजारमा अहिले दिगो डाँफे, फोटोन, केवाईसी, एसआरएम, किङलङ, हाइगर आदि ब्रान्डका ईभी भ्यान उपलब्ध छन् । पछिल्लो समयमा सीएचटीसी लगायतका नयाँ ब्रान्ड समेत भित्रिने प्रक्रियामा छन् भने कतिपय भित्रिसकेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो र मिनी बसभन्दा विद्युतीय बस बढी भित्रिन थालिसकेका छन्।

चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म कुल १९६ वटा पेट्रोलियम पदार्थबाट चल्ने माइक्रो तथा मिनिबस भित्रिँदा ३३१ वटा विद्युतीय माइक्रो भित्रिएका छन्।

चालू आर्थिक वर्षको ८ महिनामा १५ देखि २५ सिटसम्मका १६८ वटा माइक्रो तथा मिनिबस भित्रिएका छन्। तिनमा ११ देखि १४ सिट क्षमताका माइक्रोबस २८ वटा छन्।

यता विद्युतीय माइक्रो ११ देखि १९ सिटसम्मका धेरै आउने गरेका छन्। ११ देखि १४ सिटसम्मका २८२ वटा विद्युतीय माइक्रो भित्रिएका छन् भने १५ देखि २५ सिटसम्म ७७ वटा मिनिबस आएका छन्।

सशंकित व्यवसायी
यद्यपि यो उत्साह सधै टिक्छ वा टिक्दैन भन्ने कुरामा व्यवसायीहरु सशंकित छन् । नेपालमा सधै हुने गरेको नीतिगत अस्थिरताको डर सबै व्यवसायीमा छ । हाल चलिरहेको करको दरमा सरकारले हेरफेर गर्ने वा अझै बढाउने हो कि भन्ने त्रास व्यवसायीहरुमा छ । सरकार फेरिदा करको दर पनि फेरिने र कुनै एक पक्षलाई मात्र सहज हुने गरी करको दर सार्वजनिक हुने पुरानो प्रचलन दोहोरिने भय पनि हुने नै भयो ।

यी सबै कारणले गर्दा अहिले व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । आशा गरौ, यो उत्साह टिकाउ बन्ने छ ।

सम्बन्धित समाचारहरू

इकोविटले ल्यायो ‘इकोविट फेस्टिवल भाइब्स’ स्किम, सवारी खरिदमा ११ हजारसम्म छुट

इकोविटले ल्यायो ‘इकोविट फेस्टिवल भाइब्स’ स्किम, सवारी खरिदमा ११ हजारसम्म छुट

काठमाडौँ । इटालियन ब्राण्डको इकोविट कम्पनीले विद्युतीय स्कुटरका लागि...

भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा इलेक्ट्रिक स्कुटर बजार : प्योर ईभी चौथो नम्बरमा उक्लियो, यस्तो छ नेपालमा अवस्था

भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

नयाँ इलेक्ट्रिक स्कुटरले बनायो बुकिङ कीर्तिमान, ५ वटा फिचरका कारण चर्चित

इलेक्ट्रिक स्कुटरको माग तीव्र गतिमा बढेसँगै हालै भारतमा सार्वजनिक गरिएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...