इजरायली कम्पनीले ल्यायो इलेक्ट्रिक गाडीका लागि ५ मिनेटमै फुल चार्ज हुने ब्याट्री

इजरायली कम्पनी रुटोरडटले पाँच मिनेटमा पूर्ण चार्ज गर्न सक्षम ब्याट्री पहिलो पटक उत्पादन गरेको छ । स्टोरडटले फोन, ड्रोन र स्कुटरमा आफ्नो ‘एक्सट्रिम फास्ट चार्जिङ’ ब्याट्रीको प्रदर्शन गरेको बताएको छ । अहिले कम्पनीले १ हजार व्याट्री उत्पादन गरेको छ र ती ब्याट्री आगामी दिनमा विद्युतीय कार निर्माता कम्पनीहरुलाई उपलब्ध गराइने छ ।

डेमलर, बीपी, सामसङ र टीडीके लगायत कम्पनीको स्टोरडटमा लगानी रहेको छ । हालसम्म यो परियोजनाका लागि १३० मिलियन अमेरिकी डलर उठाइसकिएको छ । यो परियोजना सन् २०२० मा ब्लुमबर्ग न्यु इनर्जी फाइनान्स अन्तर्गत रहेको छ ।

नयाँ प्रविधि अनुसारको सो ब्याट्री पाँच मिनेटमै फुल चार्ज गर्न सकिन्छ । तर यसका लागि हाल प्रयोग गरिएको भन्दा धेरै शक्तिको चार्जरको आवश्यक रहन्छ । उपलब्ध चार्जिङ पूर्वाधारको प्रयोग गरेर स्टोरडटले सन् २०२५ मा पाँच मिनेट चार्ज गर्दा एक सय ३० किमीसम्म माइलेज दिने ब्याट्री बजारमा ल्याउने योजना बनाएको छ ।

हाल बजारमा उपलब्ध रहेका इलेक्ट्रिक कारका ब्याट्री डीसी फास्ट चार्जरबाट चार्जिङ गर्न कम्तीमा पनि ४५ मिनेटभन्दा धेरै लाग्ने गर्छृ । अब भने पेट्रोल र डिजेल सवारीसाधनमा तेल भर्न लाग्ने समयमै इलेक्ट्रिक कार चार्ज हुने भएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...