Apache Race Track Experience

चीनमा इलेक्ट्रिक कार वा टु ह्विलरको लागि चार्जिङ स्टेसनको संख्या १० लाख भन्दा बढी पुगेको छ । चीनमा गएको महिना इलेक्ट्रिक कारको बिक्रीको आंकडा १२ लाख भन्दा बढी रहेको छ । भारतमा हालको लागि १५० चार्जिङ स्टेसन मात्र रहेको छ भने नेपालमा यसको लागि बहस चलिरहेको छ ।

इलेक्ट्रिक भेइकल चार्जिङ इन्फ्रास्ट्रक्चर प्रमोशन अलायन्सको आंकडाका अनुसार पब्लिक चार्जिङ पोस्टको संख्या ४ लाख १२ हजार रहेको थियो । प्राइभेट चार्जिङ पोस्टको संख्या ५ लाख ९१ हजार थियो । चीनमा एक वर्षमा नै चार्जिङ स्टेसनको संख्या ६९.३ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्टका अनुसार २ लाख ३६ हजार चार्जिङ स्टेसन एसी रहेको छ भने १ लाख ७५ हजार चार्जिङ स्टेसन डीसी रहेको छ । साथै ५०० चार्जिङ स्टेसनमा भने दुबैको सुविधा रहेको छ । सबैभन्दा बढी चार्जिङ स्टेसन वेइजिङ, सांघाई जियांगसु, ग्वांगडोंग, झेजियांग, हेबेई, अनहुई र हुबेई प्रान्तमा रहेको छ ।

चीनका सरकारी समाचार एजेन्सी शिन्हुआका अनुसार २०१८ मा ६ महिनासम्म अटोको बिक्रीमा १२.४ प्रतिशतले गिरावट आएको थियो । न्यु एनर्जी भेइकल्सको बिक्रीमा भने ४९.६ प्रतिशतले वृद्धि भएको थियो ।