Apache Race Track Experience

अमेरिकामा इलेक्ट्रिकल सवारी साधनको प्रयोग बढेको पाइएको छ ।

टेक एनालिसिस फर्म आईएचएक मार्केटको प्रतिवेदन अनुसार २०१८ मा अमेरिकामा २ लाख ८ हजार इलेक्ट्रिक सवारी साधन दर्ता भएका छन् । यो भन्दा पहिलो बर्ष अर्थात सन् २०१७ मा १ लाख इलेक्ट्रिक सवारी साधन दर्ता भएका थिए ।

सबैभन्दा बढी इलेक्ट्रिक सवारी साधन क्यालिफोर्नियामा दर्ता भएका छन् । सो राज्यमा ९५ हजार इलेक्ट्रिक सवारी साधन दर्ता भए । क्यालिफोर्नियामा ५५ प्रतिशत मानिसहरुसँग इलेक्ट्रिक कार हुँदा पनि दोस्रो इलेक्ट्रिक कार किनेका छन् ।

विशेषज्ञहरुका अनुसार २०२० सम्ममा वार्षिक रुपमा ३ लाख ५० हजार इलेक्ट्रिक सवारी साधन अमेरिकामा बिक्री हुनेछ र सन् २०२५ सम्ममा वार्षिक ११ लाख इलेक्ट्रिक सवारी साधन बिक्री हुने अनुमान गरिएको छ ।