रातको समयमा सवारी साधन चलाउँदा यी कुराहरुमा ध्यान दिनुहोस्

आफ्नो गन्तब्य तय गर्ने क्रममा सवारी साधन चलाउँदा हरहमेशा सावधान भै चलाउनु पर्दछ । सवारी दुर्घटनाको तथ्यांकलाई विश्लेषण गर्ने हो भने कुनै त्यस्तो समय छैन जुन समयमा सवारी दुर्घटना घटेको नहोस् । यद्यपि सवारी दुर्घटनाको तथ्यांकलाई समयको आधारमा बिश्लेषण गर्ने हो भने दिनको समयमा भन्दा संख्यात्मक रुपमा कमी भए तापनि भौतिक र मानवीय क्षतिहरु दिनको समयमा भन्दा रातको समयमा बढी हुने गरेको तथ्यांकले देखाउँछ । 

तसर्थ सवारी साधन चलाउँदा जुनसुकै समय र अवस्थामा पनि तपाई हामी सजग, सचेत र संवेदनशील हुनु अत्यावश्यक छ । आउनुहोस् हामी बिशेषतः रातको समयमा सवारी साधन चलाउँदा ध्यान दिनु पर्ने कुराहरुका बारेमा जानकारी राखौं ।

रातको समयमा सवारी साधनको बत्ति र यसको प्रयोग गर्ने तरिका
 गति नियन्त्रण गर्नुहोस्, दिन र रात फरक हुन्छ ।
 तपाई बत्ति अर्थात लाइटले राम्ररी देखिएको स्थान भित्र रोक्न सकिने गरी गति कायम गर्नुहोस् ।
 पैदल यात्री तथा अन्य सडक प्रयोगकर्ताहरुलाई बिचार पुर्याउनुहोस् ।
 कुनै सवारी साधनलाई उछिन्नु अघि धेरै सावधानी र बिचार पुर्याउनुहोस् ।
 कसैले तपाईलाइ उछिन्दै छ अर्थात ओभरटेक गर्दैछ भने लाइट डिम गर्नुहोस् । तपाइको लाइट ओभरटेक गर्ने गाडीमा नभई सडकमा परेको हुनुपर्छ ।
 सडकमा स्ट्रिट लाइट छैन भने अगाडिको गाडीले हेडलाइट हाई बिममा बाल्न सक्छ र सो भन्दा पछाडि गुडिरहेको गाडीले डिम लाइट गरी चलाउनु पर्दछ ।
 गांउँ, बजार, बस्ती भएको स्थानमा लाइटलाई लो/डिम गरी सवारी चलाउनु पर्दछ ।
 ट्राफिक लाइट वा चौबाटोमा रोकिदा ह्यान्ड ब्रेकको प्रयोग गर्नुहोस्, फुटब्रेक थिची नरहनुहोस् ।
 रियर भ्यु मिररलाई तपाईको आखाँमा पछाडिको गाडीको लाइट वा रिफ्लेक्सन नपर्ने गरी मिलाउनुहोस् ।
 रातको समयमा सवारी चालकहरुले सडकको किनारा र अवस्था अर्थात पोजिसन बारे यकिन गर्न र सो सम्बन्धमा जानकारी दिनको लागि राखिएको बिरालोको आँखा जस्तो देखिने चम्कने वस्तु अर्थात क्याट्स आईलाई ध्यानमा राख्नुहोस् ।
 सडक चिन्ह अर्थात रोड साइन तथा संकेतहरुको बिचार पुर्याउनुहोस् । सुस्त गतिमा चल्ने सवारी साधनहरु तथा अन्य कम देखिने सवारीहरुलाई बिशेष ध्यान पुर्याउनुहोस् ।

सम्बन्धित समाचारहरू

सवारी चालकले के गल्ती गरेमा १,००० देखि २,००० रुपैयाँ सम्म जरिवाना हुन्छ ?

सवारी चालकले के गल्ती गरेमा १,००० देखि २,००० रुपैयाँ सम्म जरिवाना हुन्छ ?

सडकमा सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले तपाईबाट सडक संकेत तथा...

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले बढायो सार्वजनिक यातायातको भाडा

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले बढायो सार्वजनिक यातायातको भाडा

काठमाडौं – नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएसँगै यातायात...

सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने १० कुराहरु

सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने १० कुराहरु

निम्न १० वटा नियमहरुको अनुशरणले तपाईको र अन्य सडक प्रयोगकर्ताहरु सबैको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...