वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा भन्छन् – ड्राइभिङ मेरो सौख हो

वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा नेपाली सांगीतिक क्षेत्रका एक पर्याय नै हुन् । उनका गीत–संगीत अधिकांश हिट छन् । नयाँ–पुराना पुस्तासँग सहजै घुलमिल हुन सक्ने बास्कोटाको ड्राइभिङमा पनि उत्तिकै रुचि छ ।

उनले अहिलेसम्म थुप्रै निजी गाडी फेरिसकेका छन् । हाल उनीसँग सुजुकीको ब्रेजा गाडी छ । निजी गाडीमा यात्रा गर्दाको अनुभव लगायतका विषयवस्तुमा केन्द्रीत रहेर बास्कोटासँग नेपाल अटोले गरेको अटोवार्ता :

अहिले कुन गाडी चढिरहनु भएको छ ?
अहिले मैले सुजुकीको ब्रिजा गाडी चढिरहेको छु । यो गाडी चढ्न थालेको करिव ३ वर्ष भयो ।

कतिमा किन्नुभएको हो ?
त्यतिबेला ४२–४३ लाख रुपैयाँ परेको थियो ।

यसभन्दा अघि कुन गाडी चढ्नुहुन्थ्यो ?
यसअघि मैले थुप्रै गाडीहरु चढेँ । मर्सिडिज, निसान सन्नी, टाटा इन्डिका लगायतका गाडी चढेको थिएँ । अन्तिममा इन्डिका पछि यो गाडी चढेको हुँ । सरकारी सेवामा हुँदा विभिन्न मोडलका गाडी चढेको छु ।

आफैं ड्राइभिङ गर्नुहुन्छ कि ?
ड्राइभिङ गर्ने मेरो सौख नै हो । मलाई ड्राइभिङ गर्न खुबै मन लाग्छ । त्यसो त अधिकांश आफैं ड्राइभिङ गर्छु । कुनै कुनै बेला ड्राइभरको सहयोग लिन्छु ।

गाडी चलाउन कसरी सिक्नुभयो ?
मैले १६ वर्षकै उमेरबाट गाडी चलाउन सिकेको हुँ । त्यसैले जुनसुकै मोडलको गाडी पनि चलाउन सक्ने मेरो क्षमता छ ।

निजी गाडीमा यात्रा गर्दाको अनुभव सुनाइदिनुस् न ?
कुनै बेला म मोटरसाइकल पनि चढ्थें । कुनैबेला सार्वजनिक यातायातमा यात्रा गर्दा पनि मलाई रमाइलो लाग्छ । निजी गाडी चढ्नुपर्ने बाध्यताले गर्दा मात्र चढेको हो । निजी गाडी हुँदा आफूलाई समयमा काम गर्न सहज भएको छ ।

अहिलेसम्म चढेका मध्ये तपाईंलाई मनपरेको गाडी कुन हो ?
पहिलो कुरा त गाडी चढ्नेमा भर पर्छ । गाडी चढ्ने भनेर त्यसलाई जथाभावी प्रयोग गरियो भने त्यसको महत्व हुँदैन । समयमा सर्भिसिङ देखि सबै पक्षमा ध्यान दिनुपर्छ । त्यसेले मलाई अहिलेसम्म चढेका सबै गाडी मन पर्छन् । समय अनुसार परिवर्तन गरेको मात्र हो । अहिलेको बे्रजा पनि राम्रो छ ।

काठमाडौंमा निजी सवारी साधनमा यात्रा गर्न कत्तिको सहज लाग्छ ?
काठमाडौंमा यात्रा गर्न जामकै हैरानी छ । यहाँ सडकको क्षमता भन्दा बढी गाडी भएकाले यस्तो अवस्था आएको हो कि जस्तो लाग्छ । सबै किसिमका गाडीको राम्रो व्यवस्थापन हुने हो भने राम्रो हुन्थ्यो । ट्राफिक जामलाई पनि सिस्टम अनुसार लागू गर्ने हो भने सहज हुन्थ्यो । तर, अहिले सबैले खेपेको समस्या भनेको राजधानीको ट्राफिक जाम नै हो ।

तपाईंले निजी गाडीमा गरेको सबैभन्दा लामो यात्रा कुन हो ?
म ड्राइभिङमा सौखिन भएकाले लामो यात्रामा निस्कँदा आफैं ड्राइभिङ गर्न रमाइलो लाग्छ । मैले धेरै लामा यात्रामा पनि आफैंले गाडी चलाएर गएको छु । पूर्व मेची देखि पश्चिम महाकालीसम्म मैले ड्राइभिङ गरेको छु । मेरो गाडीमा भैरहवा, धनगढी, दार्जिलिङ बोर्डरसम्म आफैं ड्राइभिङ गरेर गएको छु ।

अहिलेसम्म ट्राफिक कारवाहीमा पर्नुभएको छ कि छैन ?
मैले ड्राइभिङ गर्न थालेको थुप्रै वर्ष बिते । तर अहिलेसम्म ट्राफिक कारवाहीमा परेको छैन ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...