युवाको रोजाइमा डर्ट बाइक, माग बढेसंगै नयाँ ब्रान्ड थपिने क्रम समेत बढ्यो

ISUZU

tvs-race
thee-go
yamaha-nepal

नेपालमा डर्ट (अफरोड) बाइकका शौखिन युवाहरु धेरै छन् । डर्ट बाइकलाई आफ्नो ‘ड्रिम्स’ बनाउने युवाको जमात बढ्दो क्रममा छ । साधारण बाइकको तुलनामा केही महंगो भएपनि डर्ट बाइकको माग उच्च छ । नेपालमा झण्डै एक दर्जन कम्पनीले यस्ता बाइक बिक्री गर्छन् ।

खासगरी डर्ट बाइक अफरोड (कच्ची सडक) मा चलाउने बाइक हो । तर पनि शहरी युवाहरु नै डटबाइकमा बढी क्रेजी देखिन्छन् । पछिल्लो समय नेपालमा डटबाइक चढ्ने ट्रेन्ड बढेर गएको छ । नेपालमा आधा दर्जन कम्पनीले यस्ता बाइक बिक्री गर्छन् । यी बाइकको मूल्य न्यूनतम २ लाख ८८ हजारदेखी २६ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।

नेपालमा आधिकारिक रुपमा डर्ट बाइक भित्रिएको सन् १९८२ मा हो । त्यो समयमा जापनीज कम्पनी होण्डाको एक्सएल १२५, एक्सएल १८५ बाइक बिक्री हुने गर्थे । अहिलेपनि यो सेग्मेन्टमा होन्डाले नै बजारको नतृत्व गरिरहेको छ । होन्डाका ५ लाख २५ हजारदेखी २६ लाख ५० हजारसम्मका डर्ट बाइक नेपाली बजारमा उपलव्ध छ । डटबाइकको बजार बढ्दै गएपछि नयाँ–नयाँ कम्पनी भित्रिने क्रम समेत बढेको छ ।

नेपाली सडक होन्डा बाहेक क्रस फायर, यामाहा, हार्टफोर्ड, हिरो, मोटरहेड, रनर, क्रस एक्स, कम्पनीका डर्ट बाइक कुद्छन् । नेपालमा डट बाइकको क्रेज बढेकै कारण यति धेरै कम्पनी भित्रिएका हुन् । नेपालमा प्रायः चीनमा एसेम्बल गरेका डर्ट बाइक भित्रिन्छन् ।

चर्को ‘पटटट’ आवाज आउने आकर्षक डिजाइनको डर्ट बाइक चलाउँदा सबैको ध्यान खिचिन्छ । युवाहरु आफुलाई अरुभन्दा फरक देखाउन चाहान्छन् । आफ्नी प्रेमीकाका अगाडि अब्बल देखिन खोज्छन् । डटबाइक चढ्दा त्यसले छुट्टै पहिचान दिने युवाहरुको विश्वास छ । 

राजधानीदेखि जुम्ला, मुस्ताङ, रसुवासम्म डर्ट बाइक कुद्छन् । यस्ता बाइक शहरमा भन्दा अफरोड भएको ठाउँमा बढी बिक्री हुने व्यवसायीको भनाई छ । बाटोको अवस्था राम्रो नभएका ठाउँमा उपयुक्त सवारी साधनका रुपमा युवाहरु डर्ट बाइक किन्छन भने शहरमा शौखिन युवाहरुले बढीमात्रमा किन्ने गरेका छन् ।

अहिले काठमाडौं नजिक धेरै अफरोड ट्रयाकहरु खुलेका छन् । ती स्थानहरुमा युवाहरु समुह बनाएर यस्ता बाइकमा घुम्न निस्कन्छन् । यी बाइकले एडभेञ्चर टुरिजमको समेत विकास गरेको छ । टुर्स एन्ड ट्राभल कम्पनीले डर्ट बाइक किनेर विदेशीलाई भाडामा दिने, डाँडाकाँडमा बाइकिङ स्पोर्टस् गराउँदै आएका छन् । शहरी युवाहरुले व्यस्त सडकमा पनि डर्ट बाइक कुदाएको प्रशस्तै देखिन्छ । नेपालमा वार्षिक २ हजार हाराहारीमा डर्ट बाइक बिक्री हुने गरेको व्यवसायीहरु बताउँछन् ।

डर्ट बाइकका फिचर
डर्ट बाइक खाल्डाखुल्डी सडकमा पनि सहजै कुद्न सक्छ । यी बाइकको डिजाइन, प्रविधि र मेट्रियल्स अफरोडमा चलाउन मिल्ने गरी बनाइको हुन्छ । झट्ट हेर्दा हेभी देखिने डर्ट बाइक हलुका हुन्छन् । यी बाइकहरु आल्मुनिमय र फाइबर प्रयोग गरी बनाइन्छ । तौल कम गराउन सानो इन्धन ट्यांकी राखिएको हुन्छ । बाइकमा प्रयोग गरिएको ‘सक’ निकै लचकदार हुन्छ ।

यस्ता छन् डर्ट बाइक
होण्डाको नेपाली बिक्रेता स्याकार ट्रेडिङले अहिले एक्सआर १५० एल, १९०, सिआरएफ २५० एल र सिआरएफ अफ्रिका ट्विन मोडल बिक्री गरिरहेको छ । एक्सआर ट्रायल डर्ट बाइक हो । यसको मूल्य ५ लाख २५ हजार र ६ लाख २५ हजार रहेको छ । यो बाइक चीनबाट आउँछ । सिआरएफको मूल्य १२ लाख १९ हजार र १३ लाख २५ हजार रहेको छ । त्यसैगरी ९ सय ९८ सिसी क्षमताको अफ्रिका ट्विनको मुल्य २६ लाख ५० हजार रुपैयाँसम्म पर्छ । यो होण्डाको फुल डर्ट बाइक हो । यो थाइल्यान्डबाट नेपाल आउँछ ।

क्रसफायर अष्ट्रेलियन ब्रन्ड हो । नेपालमा भने चीनबाट आउँछ । नेपालमा क्रसफायरका ४ वटा मोडल उपलव्ध छन् । जसमध्ये एचजे २५० को मुल्य ६ लाख ४५ हजार, जीआर७ को ५ लाख २७ हजार, एनसी २५० को ५ लाख ९९ हजार र आरएम २५० को ६ लाख ७० हजार रुपैयाँ पर्छ ।

यामाहा एक्सटिजेड समेत नेपालमा चीनबाटै आउँछ । यसको मुल्य ४ लाख रुपैयाँ पर्छ । त्यसैगरी जापनिज प्रविधिको चीनमा एसेम्बल गरिएको मोटरहेडका समेत आधा दर्जन मोडलका यस्ता बाइक कारोबार भइरहेको छ । जसको मुल्य २ लाख ८८ हजारदेखी ३ लाख ९२ हजार रुपैयाँसम्म पर्छ ।

पछिल्लो समय हिरो कम्पनीले समेत यस्ता बाइक बजारमा उतारेको छ । नेपाली बजारमा हिरो एक्सपल्स २०० टि र एक्सपल्स २०० गरी दुई मोडलका सेमी अफरोड बाइक उपलव्ध छन् । यी बाइकको मुल्य क्रमश ३ लाख ३८ हजार र ३ लाख ८८ हजार रुपैयाँ पर्छ । बंगलादेशी ब्रान्ड रनर हवाकलाई ४ लाख रुपैयाँ पर्छ ।

 


Subscribe Now