tvs-race
काठमाडौं — गाडिहरुको महाकुम्भ मेला नाडा अटो शोमा ग्राहकहरुलाई आकर्षित गर्न हरेक गाडीमा छुट्टा छुट्टै छुट दिएको छ । मेलामा सहभागि विभिन्न ब्राण्डहरुले ग्राहकहरुलाई छुटका साथै विभिन्न सेवाहरु दिने होडवाजी चलेको छ । मंगलवार वाट चलेको उक्त अटो शोमा निम्नअनुसार छुट दिएको छ ।

 

हुण्डाईमा ५ लाख सम्मको छुट

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि नाडा अटो शोलाई लक्षित गर्दै हुण्डाई फेस्टिभल डिलाइट योजना ल्याएको छ । यस योजनामा ग्राहकले नगद ५ लाख सम्मको छुट र १ वर्षे निःशुल्क बीमा सुविधा पाउने कम्पनीले जनाएको छ । स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट साथै लक्की–ड्र मार्फत १०० जनालाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर उपहार अन्तर्गत एक थान हुन्डाई इलाईट आई २० तथा एक थान हुन्डाई एक्ससेन्ट पाउने कम्पनीले जनाएको छ । यस अवसरमा हुन्डाईका कारहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर र स्वामित्व हस्तान्तरण हुने बताइएको छ । यो योजना भादौ ८ गते देखि कार्तिक २६ गतेसम्म लागु हुनेछ ।

 

ड्याट्सनमा ५ लाख सम्मको अफर

पायोनियर मोटोकर्प प्रा.लिले ड्याट्सनको नयाँ मोडल रेडिगो वान प्वाइन्ट जेरो लन्च गरेको छ । यसको मुल्य २१ लाख ७५ हजार हो । अटो शोमा ग्राहकलाई ७५हजार छुट दिएको छ । रेडी­गो ‘डी’मोडलको गाडीको मूल्य १५ लाख २५ हजार रुपैयाँ रहेको छ। यसको खरीदमा १ लाख २५ हजारको छूट दिइएको छ । रेडी­गो टी ‘ओ’ मोडलको गाडीको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको खरीदमा ७५ हजार रुपैयाँको छूट दिइएको छ । रेडी­गो टी ‘एस’ मोडलका गाडीको मूल्य १८ लाख ७९ हजार रुपैयाँ रहेको छ । यसको खरीदमा ७५ हजार रुपैयाँको छूट दिइएको छ । रेडिगो बम्पर पुरष्कार मार्फत २५ हजारदेखि ५ लाख सम्म जित्न सक्ने अवशर प्रदान गरेको छ । साथै बिमा रोड ट्याक्स एसेसरिज पनि निःशुल्क प्रदान गरेको छ ।

 

रेनोमा तिन लाख सम्म छुट

रेनोको आधिकारिक विक्रेता एडभान्स अटोमोबिल प्रालिले नाडा शोको अवसरमा उत्सव अफर ‘रेनो डबल उत्सव’ नामको योजना ल्याएको छ । नाडा अटो शोमा ५० हजार देखि तिन लाख सम्म छुट दिएको छ । रेनो कार खरीदमा १ वर्षसम्मको निस्शुल्क इन्धन, १ वर्षसम्म निस्शुल्क सडक कर, स्पट फाइनान्सिङको सुविधा, ५ वर्षको वारेण्टी र एक्सचेञ्ज सुविधा पनि रहेको छ । यो अफर रेनोको लजी, डस्टर र क्विडको ३ वटै मोडलका कारहरूको खरीदमा उपलब्ध रहेको जनाएको छ ।

 

होण्डामा तिन लाखसम्म छुट

स्याकार ट्रडिङ कम्पनी प्रा.लिले नयाँ सिभिक गाडी लन्च गरेको छ । ७५ लाख पर्ने उक्त गाडीलाई अटो शोमा ३ लाख छुट दिएको छ । साथै यस ब्राण्ड अन्तरर्गतका विभिन्न मोडलका गाडीको खरीदमा आकर्षक छूटको व्यवस्था गरेको छ । सिटी मोडलका विभिन्न ७ वटा गाडीहरू उपलब्ध छन् । ३७ लाख ७५ हजार रुपैयाँदेखि ५३ लाख रुपैयाँसम्मको मूल्य रेञ्ज भएका यी गाडीको खरीदमा कम्पनीले ३ लाख रुपैयाँको छूट प्रदान गरेको छ ।

बिआरभी मोडलका ५ वटा गाडी उपलब्ध छन् । ४१ लाख रुपैयाँदेखि ५४ लाख रुपैयाँसम्मको मूल्य रेञ्ज भएका यी गाडीको खरीदमा कम्पनीले २ लाख रुपैयाँको छूट प्रदान गरेको छ । सिभिक मोडलका गाडीको मूल्य ६८ लाख रुपैयाँदेखि १ करोड ७ लाख ७५ हजार रुपैयाँसम्म रहेको छ । यी गाडीको खरीदमा ३ लाख रुपैयाँदेखि ३ लाख ५० हजार ५ सय रुपैयाँसम्मको छूट दिइएको छ । यस बाहेक होण्डाले आफ्ना गाडीहरूको खरीदमा ग्रीन स्टीकर, बीमा, १ वर्षको सडक कर निःशुल्क रूपमा प्रदान गरेको छ ।

 

टाटाको दशै अफर

नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले पनि छूट योजना ल्याएको छ। ‘दशैंमा १० सै तोला सुन’ नाम दिइएको यो योजनामा ग्राहकले कार किन्दा १० तोलासम्म सुन पाउने कम्पनीले जनाएको छ । टाटा स्ट्रोम, बोल्ट, टियागो र जेस्ट किन्ने ग्राहकलाई क्रमशः १० तोला, ७ तोला, ६ तोला र ५ तोला पक्का सुन उपहार स्वरुप प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

सुजुकीको फेस्टिभ अफर

सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले ‘पर्वोत्सव’ योजनाअन्तर्गत ‘डवल मज्जा’ अफर ल्याएको छ । कम्पनीका अनुसार ‘डबल मज्जा’ अफर अन्तर्गत ६ लाख रुपैयाँसम्म नगद छूट, ५० हजार रुपैयाँसम्म सटही बोनस, १ लाख रुपैयाँसम्म अतिरिक्त स्क्रयाच कुपन, २ वर्षसम्मका लागि निःशुल्क बीमा सुविधा, सडक कर र रजिष्ट्रेशन निस्शुल्क उपलब्ध गराइने छ । २०१६ का सम्पूर्ण मोडलहरूमा विशेष छूट समेत दिइने कम्पनीको भनाइ छ ।

 

कियामा छुट

किया मोटर्स कण्टिनेण्टलले आफ्ना गाडीहरूको खरीदमा नाडा अटोमेला लक्षित गरी विभिन्न अफरहरू दिएको छ । रियो र पिकाण्टो मोडलका गाडीको खरीदमा ५ वर्षसम्म निस्शुल्क स्पेयर पार्टस तथा सर्भिस, एक वर्षको बीमा, १ वर्षको सडक कर, तीन वर्षसम्म लक्की ड्र मार्फत बम्पर पुरस्कार, दुई जनालाई ७ दिन ६ रात मेलेसिया र इण्डोनेसियाको भम्रण तथा किनेको ५ वर्ष भित्र साट्दा ७५ प्रतिशत भ्यालूको व्यवस्था गरेको छ । स्पोर्टेज र सोरेण्टो यी दुई मोडलका गाडी नाडा अटो मेला अवधिभर खरीद गर्दा ५ वर्षसम्म निःशुल्क स्पेयर पार्टस तथा सर्भिस, एक वर्षको बीमा, १ वर्षको सडक कर, तीन वर्षसम्म ‘लक्की ड्र’ मार्फत बम्पर पुरस्कारको व्यवस्था गरेको छ ।

 

फोर्डमा ७ लाख सम्म छुट

नेपालको लागि आधिकारिक विक्रेता ‘गो अटोमोवाइल्स’ ले नाडा अटोमेला तथा चाडपर्वलाई ध्यानमा राखी क्यासमा क्यास अफर दिएको छ । यस योजना अन्तर्गत फोर्ड गाडीको खरीदमा नियमित क्यास छूटका साथै लक्की ड्र मार्फत नगद ८० हजार रुपैयाँदेखि चार लाख रुपैयाँसम्मको अतिरिक्त नगद छूट पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बुकिङ्गमा ग्राहकले एउटा यूनिक कोड प्राप्त गर्नेछन् र उक्त कोड कम्प्युटर प्रोग्राम मार्फत अतिरिक्त छूट हुनेछ ।

 

महिन्द्रामा ९५ हजार छुट

महिन्द्राले आधिकारिक विक्रेता अग्नि इन्करपोरेटेड प्रा.लिले नाडा अटो मेलामा कम्पनीका गाडीको खरीदमा स्क्रायाच कार्ड मार्फत १ तोलासम्म सुन तथा महिन्द्रा गस्टो जित्ने अवसर दिएको छ ।

 

मारुती सुजुकीमा २ लाख २५ हजार सम्म छुट

मारुती सुजुकीले पनि नाडा मेलालाई लक्षित गरी अफरहरू ल्याएको छ । विभिन्न मोडलका गाडीहरूमा ६० हजार रुपैयाँदेखि २ लाख २५ हजार रुपैयाँसम्मको नगद छूट दिइएको छ । त्यस्तै, नगद छूट बाहेक नाडा स्पेशल बोनस बापत १० हजार रुपैयाँ र सडक कर बापत १९ हजार रुपैयाँ छूट तथा स्क्रयाच कार्ड मार्फत १ लाख रुपैयाँको छूट प्राप्त गर्न सकिने समेत जानकारी दिइएको छ ।

 

सुबारुमा ६ लाख छुट

सुबारु ब्राण्डका गाडीहरू नाडा अटो मेलाभर खरीद गर्दा कम्पनीले ६ लाख रुपैयाँको नगद छूट दिएको छ ।