tvs-race

चकलेटी अनुहार नभएपनि, सुलुत्त ज्यान नभएपनि, हाइट नभएपनि दयाहाङ राई पछिल्लो समयका सुपरहिट नायक हुन् ।

राजेश हमाल, आर्यन सिंग्देल त के, पछिल्लो पुस्ताका अनमोल केसी समेतलाई उछिनेर सिल्भर स्क्रिनमा रजाई गरिरहेका छन्, उनी । आँखा चिम्सा भएपनि उनी नेपाली सिनेमामा अग्रपंक्तिका धावक हुन् । तर, दु:खको कुरा मोटरसाइकलमा चाहि यिनी जहिल्यै पछिको पछि हुन्छन् ।

दयाहाङको आफ्नै निजी बाइक छैन । किन्न नसकेर होइन, नचाहेर । किनभने यिनलाई बाइकप्रति उस्तो आशक्ति पनि छैन । पछिल्तिर कुनै नायिकालाई राखेर सररर काठमाडौंको सडकमा हुँइकिने रहर कहिल्यै पलाएन ।

सिधासादा यी जेन्टलम्यान सधै बाइकमा अरुको पछाडि वसेर यात्रा गर्छन्, त्यो पनि डराई डराई । अव पछाडि वस्न त डराउनेले अगाडि बसेर कुदाउने कुरै भएन ।

त्यसैले नै उनी कबड्डी लगायतका विभिन्न चलचित्रमा समेत पछाडि नै बसको देख्न पाइन्छ । बाइक कुदाएर चलचित्रमा खेलेको सिन कमै हुन्छ ।

Motorhead

हिजो भने दयाहाङ गाडीबाट ओर्लदै गरेका भेटिए । हिजो साइली फिल्मको प्रिमियर शो भन्दा पहिले यो दृश्य देखिएको हो ।

फोटोग्राफर महेश प्रधानले कैद गरेको यो तस्बिरमा देखिएको गाडी भने कुन कम्पनीको होला ? यो पत्ता लगाउने जिम्मावरी तपाईंको ।