tvs-race

यो वर्ष २०७६ मा ड्याटसनको न्यु गो र निसानको किक्स एसयूभीले नेपालमा राम्रो बजार लिए । यी दुवै सवारी साधनलाई निसान र ड्याटसनको लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले नेपाली बजारमा उपलब्ध गराएका हुन् ।

ड्याटसनको न्यु गो गत वर्षको चैतमा भित्रिएको र भदौमा सम्पन्न नाडा अटो शो मा यसको फुल अप्सन भित्रिएको थियो भने निसान किक्स २०७६ लाग्नु भन्दा पहिले फागुन महिनामा नेपाली बजारमा भित्रिएका थिए । यद्यपि बजार विस्तारका हिसाबले यी गाडीका लागि २०७६ साल उल्लेखनिय रहेको पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले बताए ।

ड्याटसन न्यु गो

ड्याटसन न्यु गो कारमा नयाँ युगको लागि जापनिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको बताइएको छ । नयाँ ड्याटसन गोमा २८ विभिन्न विशेषता तथा सय भन्दा बढी अपडेट विद्यमान भएको कम्पनीको भनाइ छ ।

ड्याटसन गोको नयाँ भर्सनमा धेरै अपडेट भएर आएको छ । नयाँ बम्पर तथा ग्रिल, आकर्षक हेडल्याप्स, एलईडी डीआरएल आदिमा परिमार्जन गरिएको छ । कारको पछि लगाइएको सीसी क्यामेरामा इन्टेग्रेटेड टर्न इन्डिकेटर्स समेत उपलब्ध छ ।

अल न्यु ड्याटसन गोमा १.२ लिटरको ३ सिलिन्डर पेट्रोल इञ्जिन छ, जसले ६८ बीएचपी पावर र १०४ एनएम टर्क जेनेरेट गर्छ । यसको ह्विलबेस २४५० एमएम छ । त्यसैगरी यसमा २६५ लिटर लगेज स्पेस र ४.६ मिटर टर्निङ रेडियस छ । यसले प्रतिलिटर १९.८३ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ ।

यसमा ७ इन्च क्षमताको एड्भान्स्ड टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ, जसमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्ट गर्न सकिन्छ । यसको सहयोगले आफूलाई मन पर्ने संगीत सुन्दै यात्रा गर्न सकिन्छ ।

नयाँ ड्याटसन गोमा अल ब्ल्याक क्रोम फिनिस प्रिमियम इन्टेरियर छ । त्यसैगरी स्टाइलिस एलईडी डीआरएल अर्थात डे टाइम रनिङ लाइट, डायनामिक ग्रिल, डायमन्ड कट १४ इन्चको एलोई ह्विल, स्टाइलिस र फलो मी होम फिचर भएको हेडल्याम्प छ । गाडी बन्द गरेको केही समय पछि सम्म सो हेडल्याम्प बलिरहने भएकाले घरमा पुग्नका लागि रातमा पनि सहज हुन्छ ।

नयाँ ड्याटसन गोमा अत्याधुनिक सेफ्टी फिचरहरु समेत उपलब्ध छन् । यसमा ड्युअल फ्रन्ट एयरब्याग, ईबीडी सहितको एबीएस र ब्रेक असिष्ट तथा रिभर्स पार्किङ सेन्सर विथ क्यामेरा छन् । यसमा राइड कन्ट्रोल एड्भान्स्ड सस्पेन्सन सिष्टम छ ।

ड्याटसन गो नेपाली बजारमा तीन भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः २५ लाख ९९ हजार, २६ लाख ९९ हजार र २७ लाख ९९ हजार रुपैयाँ छ ।

निसान किक्स
निसान किक्स एसयूभी डिजेल इन्जिनमा एक्सएल, एक्सभी, एक्सभी प्रिमियम, एक्सभीपी मोनो र एक्सभीपी ड्युअल गरी पाँच प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । डिजेल इन्जिनयुक्त किक्सको मूल्य ५० लाख ९९ हजार, ५६ लाख ९९ हजार, ६० लाख ९९ हजार, ६४ लाख ९९ हजार र ६५ लाख २५ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिनयुक्त किक्सको मूल्य ४८ लाख ९९ हजार र ५३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

यसमा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन छ । पेट्रोल इन्जिनले १०६ बीएचपी पावर र १४२ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले ११० बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।

यसका अन्य कतिपय विशेषता छन् । यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ, जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ । साथै एलईडी प्रोजेक्टर हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कुल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टार्टको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग तथा ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ ।

यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एच४केको ५ स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनमा १.५ के९के डीसीआईको ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन्।

यसको माइलेज क्षमता उत्तम मानिएकोछ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको कम्पनीले जनाएको छ ।