tvs-race

काठमाडौं – आज नोभेम्बर ११ अर्थात कात्तिक २५ गते । नेपालमा पनि अनलाइन सपिङ साइट दराजले दराज डेको आयोजना गर्दैछ । ई–कमर्स साइट दराजले नेपालमा समेत दराज डेको आयोजना गरी अनलाइन सपिङलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

सो अवसरमा अन्यका साथै विभिन्न अटोमोबाइल कम्पनीहरुले अनलाइनमार्फत खरिद गर्दा विशेष छुटको व्यवस्था गरेका छन् ।

विद्युतीय स्कुटर एनआईयू (NIU) का दुई मोडलका स्कुटरमा विशेष छुट प्राप्त हुने भएको छ । एनआईयूको नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटी प्रालिका अनुसार एम सिरिज र एन सिरिजका दुई स्कुटरमा ११ हजार १ सय ११ रुपैयाँ छुट प्रदान गरिने छ ।

यसरी दिइने छुट अन्तर्गत १ हजार ४ सय रुपैयाँको हेलमेट, ६ हजार ९ सय ४३ रुपैयाँको ब्याकरेष्ट, २ हजार ५ सय रुपैयाँको म्याट र १ हजार रुपैयाँको किरिङ उपलब्ध गराइने छ ।

यसरी छुट दिइने स्कुटर मध्ये एम सिरिज सिंगल सिटरको मूल्य २ लाख ३५ हजार र एन सिरिज डबल सिटरको मूल्य २ लाख ५४ हजार रुपैयाँ छ ।

त्यसैगरी एजीभी हेलमेटमा ५ हजार रुपैयाँ छुट पाइने भएको छ । एजीभी हेलमेट इटालियन ब्रान्डको प्रिमियम हेलमेट हो ।

बलियो, सुरक्षित, एरोडाइनामिक डिजाइन, सुविधाजनक, बेस्ट डिजाइन तथा आकर्षक ग्राफिक्सका लागि यी हेलमेट लोकप्रिय छन् । नेपाली बजारमा २५ हजार देखि १ लाख ७५ हजार रुपैयाँ सम्म मूल्यका एजीभी हेलमेट उपलब्ध भएको यसको आयातकर्ता टर्बो सपले बताएको छ ।

इटालियन ब्रान्ड बेनेलीको टीएनटी १५० र १५० आई बाइक पनि यसपटक दराजले बिक्रीमा राखेको छ । बेनेलीको सोरुममा ३ लाख २० हजार पर्ने टीएनटी १५० आई दराजमार्फत खरिद गर्दा ३ लाख ६ हजार ५ सय रुपैयाँ पर्नेछ । यस्तै २ लाख ३० हजार रुपैयाँ पर्ने टीएनटी १५० लाई दराजमा २ लाख २३ हजारमा खरिद गर्न सकिने छ ।