बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
डासिया स्प्रिङ इलेक्ट्रिकले नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले सो कार युरोपेली बजारमा लन्च गर्नेछ । सो कार सस्तो इलेक्ट्रिक कार मध्ये एक हुन सक्ने अनुमान गरिएको छ । रेनो क्विड २०२१ मा आधारित सो कारको मूल्यको वारेमा भने केही जानकारी दिइएको छैन ।
डासियाको सो कार फाइभ डोर कम्प्याक्ट कार हो । फुल चार्जमा यसले ३ सय किलोमिटर सम्म रेन्ज दिने बताइएको छ । यसको आधिकारिक लन्च समयको वारेमा जानकारी दिइएको छैन । यो कारको अर्को वर्षको सुरुवातमा बुकिङ प्रारम्भ हुन सक्ने छ ।
रेनो क्विड कम्पनीको इन्ट्री लेवल कार हो । चीनमा यसलाई रेनो सिटी के–जेडई नामबाट बिक्री गरिन्छ । चीनमा सो कारको मूल्य ९ हजार डलर छ । चीनमा इलेक्ट्रिक कारलाई धेरै छुट प्रदान गरिन्छ र यो कार लोकप्रिय पनि छ । जर्मनी र फ्रान्समा पनि यस्तै छुटको पहल भइरहेको छ ।
डासिया स्प्रिङ इलेक्ट्रिकले आधुनिक फिचरका साथ सो कार लन्च गर्ने योजना बनाएको छ । यसमा ७ इन्चको टचस्क्रिन, राडार सेन्सर, पार्क असिष्ट जस्ता फिचर उपलब्ध हुने छन् । यसमा २६.८ किलोवाटको ब्याट्री प्रयोग गरिने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...