tvs-race

युएईका जनताले आफूमा कोरोना भाइरस संक्रमण भए नभएको वारेमा आफ्नै गाडीमा बसेर जाँच गर्न पाउने भएका छन् । त्यसका लागि जम्मा पाँच मिनेट लाग्ने त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

आवुधाविको स्वास्थ्य सेवा कम्पनी सेहाले विकसित गरेको यस्तो नयाँ विधिको शनिबार त्यहाँका राजा शेख महम्मद बिन जायद अल नाह्यान (आबुधाविका क्राउन प्रिन्स) तथा युएई सशस्त्र बलका सर्वोच्च कमाण्डरले उद्घाटन गरेका हुन् ।

शेख महम्मदले ट्विट गर्दै भनेका छन्, ‘आज मैले भाइरस नियन्त्रण गर्ने उपायहरुको रुपमा सेहाद्वारा स्थापित मोबाइल कोभिड–१९ परीक्षण केन्द्रको भ्रमण गरे । मैदानमा रहेका मेडिकल टिमहरु युएईको संरक्षणको पहिलो लाइन हो । उनीहरुको योगदानले नै हाम्रो स्वास्थ्यलाई सुरक्षा दिन्छ ।’

कोरोना लागेको शंका लागेकाहरुले ८००१७१७ मार्फत् सेवा लिन सक्नेछन् । त्यसपछि उनीहरुलाई पूर्व मुल्यांकन स्क्रिनिङमा भाग लिन अनुरोध गरिन्छ । जहाँ उनीहरुलाई प्रश्न सोधिन्छ । सम्बन्धित प्रश्नको जवाफ दिएपछि जाँच सुरु गरिन्छ । उक्त सेवामा विशेष गरेर सबैभन्दा जोखिममा पर्नेहरु जस्तै वृद्ध, गर्भवती महिलाहरु वा दीर्घकालीन रोगहरु भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ भने यस्ता व्यक्तिहरुका लागि परीक्षण निःशुल्क हुनेछ । तर, आफ्नो इच्छा अनुसार चेक गर्नेका लागि ७० दिरहाम खर्च गर्नुपर्नेछ ।