tvs-race
काठमाडौँ — अहिले बनेपा–बर्दिवास बीपी राजमार्गले पुर्व वाट राजधानी धेरैनै नजिकिएको छ । वाटो सजिलो, जाम कम, कतिबेला पहिरो जाला, पुर्ला भन्ने डर छैन, यात्रा सुरक्षित हुने भएकाले बीपी राजमार्ग सवैको रोजाईमा परेको छ ।
यातायातको सुविधा नभएको समयमा मानिसहरु हिडेर आउने जाने गर्दथे । पहिला यातायात सुविधा नहुदा राजधानि आइपुग्न र फर्कन धेरै दिन लाग्थ्यो । । ०३५ सालमा चीन सरकारको सहयोगमा मुग्लिन–नारायणघाट (३६ किमि) ले राजधानीसम्म ट्रयाक खोलिएपछि बस चढेर आउन थाले ।

अहिले मानिसहरु मुग्लिनको भन्दा बीपी ‘हाइवे’ को रुट हुदै काठमाडौं आउछन् । जुन एक सय किलोमिटर जति दुरी छोटो पर्छ । यात्रुहरु पुरानो रात्री बसको दिक्क लाग्दो यात्रा छाडेर चिल्ला, सुकिला र छरिता माइक्रोबसमा यात्रा गर्छन् । आजभोलि मुग्लिन हुँदै राजधानी ओहोरदोहोर गर्ने यात्रुहरु घट्दैछन् । बीपी राजमार्गतर्फ बढ्दैछन् ।

देशभरबाट राजधानी छिर्ने एउटै नाकाको रुपमा रहेको मुग्लिन हुँदै आउने बाटो यात्रुहरुका लागि सास्तीपूर्ण छ । अझ २०७४ सालमा गएको महाभुकम्पपछि मुग्लिङ–नारायणगढ खण्ड भत्किएपछि अहिले बनाउँदैछ । त्यही सडक निर्माणले झनै सास्ती यात्रुले व्यहोरेका छन् । नाइट बस चढेर त्रिशुलीको तीरैतीर राजधानी छिर्दा घण्टौ जाममा परेर एक दिनको वाटो पनि कहिलेकाही दुई, तिन दिन पनि लाग्थ्यो ।

जापान सरकारको सहयोगमा २०५२ देखि निर्माण सुरु भएको बीपी राजमार्ग २०७२ मा सम्पन्न भएको हो । यो राजमार्गमा गाडी चल्न थालेदेखि नै पूर्वी नेपाल राजधानीसंग नजिकिएको छ । झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुगां, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर, संखुवासभालगायत दुई दर्जनबढि जिल्लाका स्थानीयहरुलाई आउजाउमा सहजता भएको छ ।

सप्तकोशी, लोकप्रिय, सफल, शाकिरा, चोमोलुंमा, हिमाल तराई, बर्दिबास लगायत दुईदर्जन बढि कम्पनीका सवारी साधनहरु यस खण्डमा चल्दै आएका छन् । यस राजमार्गमा छोटो र लामो दुरीका टोयटा हाइस, टाटा सुमो, फोर्स, स्कारपियो, मिनिबसलगायत दैनिक छ सय बढि सवारी साधन आवतजावत गर्छन् । यस वाट दैनिक ४ देखि ५ हजार यात्रुहरु ओहोरदोहोर गर्न पाउछन् ।

सिन्धुली, रामेछाप, बर्दिवासका स्थानीयहरु विहान राजधानी आइ काम सकेर बेलुकी घर फर्कन्छन् । सुरक्षित यात्रा, जामको समस्या कम तथा गन्तव्यमा चाडै पुगिने कारण पूर्वी भेगका यात्रुहरु यस राजमार्ग हुँदै राजधानी आउने जाने गरेका छन् । सुदुर पूर्वमा पर्ने जिल्लाका यात्रुहरु धरान, इटहरी, विराटनगर देखि महेन्द्र राजमार्ग हुँदै राजधानी आइपुग्छन् । कतिपय जिल्लाहरुबाट एकदिनमा राजधानी ओहोरदोहोर गर्न सकिने भएको छ ।