tvs-race

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाइकल प्रदान गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यामाहा एफजेड मोटरसाइकल तथा साँचो हस्तान्तरण गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।