tvs-race

चीनले ग्वाङडोङ प्रान्तको जिआङमेन शहरमा विश्वको पहिलो हाई स्पिड रेल न्वाइज ब्यारियर बनाएको छ ।

सो ब्यारियर दुई किलोमिटर लामोे छ । चीनले बनाएको सो पर्खाल ३५५ किलोमिटर लामो जिआंगमेन झांजिआंग हाई स्पिड रेलवे ट्रयाकमा बनाएको छ । सो पर्खाल निर्माणको मुख्य उद्देश्य सिमसारमा भएका ३० हजार भन्दा बढी चराचुरुङ्गीलाई बचाउनु हो ।

सो ब्यारियर १ जुलाई देखि सर्वसाधारणका लागि समेत खोलिएको छ । रेलको न्वाइज ब्यारियर देखि सिमसारको दुरी ८०० मिटर रहेको छ । यहाँ सानो टापु पनि बनाएको छ जहाँ एक विशाल बरगदको रुख पनि रोपिएको छ र यहाँ सयौं पंक्षीको गुँड पनि रहेको छ ।

शुरुमा सो पर्खाल निर्माण गर्दा धेरै विरोध भएको थियो । रेल गाडीको आवाजको कारण पंक्षीहरुलाई खतरा हुन सक्ने सर्वसाधारणको भनाइ थियो । यसको समाधानको लागि माग गरिएको थियो । सो न्वाइज ब्यारियर निर्माणको लागि करिब ३ अर्ब रुपैयाँको लगानीमा ३ वर्ष लागेको थियो ।

हाई स्पिड रेल न्वाइज ब्यारियरमा ४२ हजार २६० न्वाइज एब्जर्बर (आवाज रोक्ने विशेष यन्त्र) जडान गरिएको छ । टेक्निकल विशेषज्ञका अनुसार यसको आयु १०० वर्ष रहेको छ । सो यन्त्रको कारण त्यसको वरिपरि रेल गाडीको आवाज ०.२ डेसिबलसम्म सीमित हुन्छ ।