Apache Race Track Experience

काठमाडौं – के तपाईले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिनुभएको छ ? त्यसो भए त्यसको नतिजा हेर्ने तरिका त थाहा छ होला नि ?

यसका लागि अब एउटा एसएमएस पठाए पुग्छ । यो व्यवस्था केही समय पहिले देखि शुरु भएको हो ।

साथै ट्रायल पास भएर वा नवीकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका आवेदकले आफ्नो लाइसेन्स प्रिन्ट भएनभएको थाहा पाउन पनि एसएमएस पठाए पुग्छ ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिनेछ । एसएमएस पठाउनासाथ उतिर्ण वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित व्यक्तिले पाउनेछन् ।

त्यसैगरी आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant D) ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाइसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ ।

नेपालमा चार वर्ष पहिले कागजी लाइसेन्स हटाएर ‘स्मार्ट’ चालक अनुमतिपत्रको वितरण थालिएको थियो । यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् ।

यसबाहेक यसमा सीमकार्डमा जस्तै धातुको चिप जडान गरिएको हुन्छ जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् ।

कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिनेछ ।