सस्तो मूल्यमा गुणस्तरीय डर्ट बाइक

ISUZU

tvs-race

डर्ट र मोटार्ड सेगमेन्टमा विभिन्न मोडलहरु उपलब्ध गराउदै आएको मोटरहेड ब्रान्डले थोरै समयमा ग्राहकहरुको विश्वास तथा साथ जित्न सफल भएको देखिन्छ । मोटरहेडका विभिन्न मोडलका बाइक मध्ये डर्ट र मोटार्ड सेगमेन्टका बाइक खोज्नेहरुका लागि उपयुुुक्त विकल्पको रुपमा आएको छ – स्पोर्ट्स २५० ।

नेपाली बजारका लागि एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले मोटरहेड ब्रान्डका बाइक बिक्री–वितरण गरिरहेको छ । हाल ६ मोडलका बाइकहरु उपलब्ध छ जस मध्ये स्पोर्ट्स २५० वाइक अफरोड र रोड सेगमेन्टमा उपलब्ध छ । अफरोडमा यात्रा गर्नका लागि अफरोड टायर र अन्य अबस्थामा रोड टायरको वाइक प्रयोग गर्न सकिन्छ ।

अफरोड टायरयुक्त बाइकको मूल्य ३ लाख ६० हजार र रोड टायरयुक्त बाइकको मूल्य ३ लाख ६५ हजार रुपैयाँ छ । यस बाइकमा टायर बाहेक अन्य विशेषता दुवै वाइकहरुमा एकै प्रकारको छ ।

यो बाइकमा आएको २५० सीसीको इजिन्नले १९ एचपीको पावर र २० एनएमको र्टर्क जेनेरेट गर्छ । बाइकको टप स्पिड १२० किमी प्रतिघण्टा छ । सो बाइकले प्रति एक सय किलोमिटरमा २.१ लिटर मात्र इनधन खपत गर्ने भएकाले धेरै इन्धन किफायती समेत छ ।

६ स्पिड गियरबक्स भएको यो मोटरसाइकलमा ९०० मिलिमिटरको सिट हाइट र २६० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ । जसले गर्दा जस्तो सुकै अफरोड वाटोमा मोटरसाइकल गुडाउदा इन्जिनले भुँइमा नछुने हुनाले इन्जिन पनि सुरक्षित हुन्छ ।

एलईडी हेडलाइट भएको स्पोर्ट्स २५० मा ड्युअल एक्जस्ट फ्रन्टमा अपसाइड डाउन फोर्क र रियरमा भने स्विङ्कआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड डाउन फोर्कले मोटरसाइकललाई जस्तो सुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले बाइकको लुक्स पनि बढाएको छ ।

Motorhead

१४१५ मिलिमिटरको स्पोक ह्विल्स भएको यो बाइकमा टायरहरु फ्रन्टमा ८०/१००-२१” र रियरमा ११०/१००-१८” छन् । दुईवटै ह्विलहरुमा ड्युअल पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको छ ।

त्यसै गरी मोटरहेडले यो बाइकमा २८ मिलिमिटर डायमिटर भएको फ्ल्याट ह्याण्डलवार दिएको छ । जसले अफरोडिङको समयमा बाइक पल्टेमा हयान्डल नवाङ्गिने र लामो यात्रा गर्दा थकाई नलाग्ने र ढाढ दुख्ने समस्या नआउने हुन्छ । यसले यात्रालाई सहज बनाउने भएकोले स्पोर्ट्स २५० नेपाली बजारमा युवाहरुले एकदमै रुचाएका छन् ।

हाल मोटरहेड बाइकका स्पोर्ट्स २५० मोडेलमा १५ हजार रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । यी फ्ल्याट डिस्काउन्ट वाहेक ग्राहकले कुुनै पनि मोडलका बाइक खरिद गर्दा एक आर्थिक वर्षको कर छुट, तेस्रो पक्ष बिमा, खरिदकर्ताको १ लाख बराबरको कोरोना विमा फ्रि र फुल हेल्मेट सुविधा छ । यसका लागि आवश्यक फाइनान्सको सुविधा समेत उपलब्ध भएको एसएलआर टेक्नो एन्ड ट्रेडले जनाएको छ ।

जस्तो सुुकै असहज परिस्थितिलाई सहज बनाउनका निम्ति यस अफरमार्फत ग्राहकलाई सहज वातावरण उपलब्ध गराउने कम्पनीको विश्वास रहेको बताइएको छ ।

 


Subscribe Now