एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
अटोमोबाइल उद्योगमा निरन्तर आविष्कार र शोध तथा विकास (रिसर्च एन्ड डेभलपमेन्ट)मा लगानी गर्ने चांगान अटो ग्रुपलाई अग्रणी मानिन्छ । विशिष्टताप्रति समर्पित भएकै कारण अटोमोबाइलको संसारमा चांगानले अमिट छाप छोडिरहेको छ ।
शोधमा नीतिगत लगानी
प्राविधिक विकासमा चांगानको अविचलित प्रतिबद्धतालाई ‘रिसर्च एन्ड डेभलपमेन्ट’मा उसको ठोस लगानीलाई प्रमाणमा रुपमा लिन सकिन्छ । चांगानले हरेक वर्ष आफ्नो वार्षिक विक्री आम्दानीको ५ प्रतिशत शोध तथा विकास कार्यमा छुट्याउने गरेको छ जसका कारण ११औं र १२औं पञ्चवर्षीय योजनामा उसको कुल लगानी ७ अर्ब अमेरिकी डलर पुगेको थियो । यो आर्थिक प्रतिबद्धताले अटोमोटिभ प्रविधिको अग्रस्थानमा रहने चांगानको ढृद्धतालाई देखाउँछ ।
चांगानको ‘आर एन्ड डी’ क्षमता आर्थिक लगानीमा मात्र सीमित छैन । कम्पनीले विश्वभर १६ वटा प्रविधि तथा वस्तुको शोध केन्द्रहरु स्थापना गरेको छ जहाँ ३० वटा मुलुकका १७ हजार प्राविधिक शोधकर्ताहरु कार्यरत् छन् । यी विज्ञहरु विश्व अटोमोबाइल उद्योगको हितका लागि अत्याधुनिक परियोजनामा सहकार्य गरिरहेका छन् ।
चीनको चोंगकिंग, सांघाई र बेइजिंगमा शोध केन्द्र भएको चांगानको अमेरिकाको सिलिकन भ्याली, डेट्रोइट, जापानको योकोहामा, बेलायतको नटिंघम र इटालीको टुरिनमा पनि क्षेत्रीय शोधकेन्द्रहरु छन् । उसको मुख्यालयमा एक सय ८० वटा ल्याबहरु छन् जहाँ सिमुलेसन एनालाइसिस, न्वाइज भाइब्रेसन र प्यासिभ सेफ्टी जस्ता कुराको शोध हुन्छ । यी सबै अत्याधुनिक शोध, डिजाइन र प्राविधिक विकास केन्द्रहरु हुन् ।
आविष्कारको विरासत
चांगानको ‘आर एन्ड डी’ उपलब्धीहरु अंक मात्र होइन, वास्तविक विश्वमा रुपान्तरण गर्न सकिने खालका छन् । उसले १० हजार तीन सय ११ वटा पेटेन्टका लागि आवेदन दिइसकेको छ जसमध्ये दुई हजार नौ सय १८ वटा पेटेन्ट आविष्कारका लागि छ । गत वर्ष चांगानले हरेक वर्ष २२ वटा पेटेन्ट दर्ता गरेको थियो । यी पेटेन्टले ‘क्र्यास सेफ्टी’ र ‘न्वाइज भाइब्रेसन’देखि ‘लाइटवेट मटेरियल’ र ‘एड्भान्स३ड ड्राइभ सिस्टम’ लगायत अटोमोटिभ प्रविधिको वृहत क्षेत्रलाई समेट्छ ।
चांगानको ‘आर एन्ड डी’ सिद्धान्तमा आधारित छ । चांगानले सौन्दर्य (एस्थेटिक्स)लाई उपयोगिता (फंक्सनालिटी)सँग समिश्रण गरेर आधुनिक ग्राहकलाई मिल्ने कारको उत्पादन गर्छ । त्यसैगरी, स्मार्ट प्रविधिमा अग्रणी चांगानले सेफ्टी, कनेक्टिभिटी र कन्भिनेन्सलाई मिलाएर इन्टेलिजेन्ट र दीर्घकालीन आवागमनका लागि इकोफ्रन्ड्ली कार बनाउँछ ।
जेडी पावर चाइनाले चांगानलाई सन् २०१८ देखि निरन्तर रुपमा चीनको सबैभन्दा विश्वासिलो अटो ब्रान्डका रुपमा अवार्ड गर्दै आएको छ । उसले कुनै पनि गाडीको मोडललाई बजारमा ल्याउनुभन्दा पहिलो कम्तीमा ४० लाख किलोमिटर इन्ड्योरेन्स टेस्ट गर्ने गर्छ । साथै कुनै पनि मोडल कम्तीमा १० वर्ष वा दुई लाख ६० हजार किलोमिटर प्रयोगका लागि डिजाइन गरिएको हुन्छ ।
चांगानको डियांगजियाँग टेस्टिङ ट्रयाक
चांगानको हेडक्वार्टर चोंगकिंगमा रहेको डियांगजियाँग काउन्टीमा रहेको टेस्टिङ ट्रयाक एसियाकै सबैभन्दा ठूलो टेस्टिंग ट्रयाक हो । १५० किलोमिटर लामो यो ट्रयाकमा चांगानले १० करोड ६९ लाख डलर लगानी गरेको छ । यहाँ हाई स्पिड, ब्रेकिंग टेस्ट, डाइनामिक प्लाजा, रिइन्फोर्समेन्ट, पर्फमेन्स लगायत जम्मा १२ वटा टेस्टिङ ट्रयाक छन् । हाइस्पिड ट्रयांकमा दुई सय किलोमिटर प्रति घन्टाको गतिसम्म कार परीक्षण गर्न सकिन्छ ।
भविष्यका कार
चांगानले सन् २०३० सम्ममा आफ्नो रिसर्च टिमलाई १७ हजारबाट बढाएर २७ हजार पुर्याउने र २८.८८ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । आविष्कारको विरासत, खोज तथा अनुसन्धानमा नीतिगत लगानी र दीर्घकालिन प्रविधिप्रति प्रतिबद्धताले अटोमोटिभ विश्वमा चांगानले आफ्नो पहिचान बनाउन सफल भएको हो । अटो बजार तीव्र गतिमा रुपान्तरण भइरहेको समयमा भविष्यको कार बनाउन उत्कृष्टता पछ्याउने चांगानको प्राथमिकतामा कुनै कमी आएको छैन ।
चांगानको फ्युचरिस्टिक भीआईआईए कार
हालै चांगानले आफ्नो हाईएन्ड प्रिमियम ईभी दिपलको एस७ र एल७ सार्वजनिक गरेको छ । साथै, उसले कियुआन नामको न्यु इनर्जी ब्रान्ड पनि ल्याउने भएको छ । हुवावे र ब्याट्री निर्माता सीएटीएलसँग मिलेर बन्ने यो ब्रान्डले सन् २०३० मा १५ लाख न्यु इनर्जी भेइकल विक्री गर्ने लक्ष्य लिएको छ । साथै, चांगानले ग्रयाभिटी र अवतार ब्रान्डका ईभी पनि ल्याउँदैछ । यसबाहेक नियोसँग मिलेर ईभीको ब्याट्री स्वाप गर्ने प्रविधिको विकास गर्ने तयारी पनि गरिरहेको छ ।
नेपालमा चांगानको उपस्थिति
नेपालमा पनि चांगानको आधिकारिक वितरकको रुपमा एमएडब्लु वृद्धि अटोकर्पले विभिन्न मोडलका सवारी साधन उपलब्ध गराइरहेको छ । हाल चांगानका विभिन्न मोडलका सवारी साधन उपलब्ध छन भने नयाँ मोडल समेत भित्रिने योजना छ ।
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
डेरी ईएम७ इलेक्ट्रिक र सोलार दुवैबाट चलाउन सकिने हाइब्रिड कार हो । नेपाली...
सामाजिक सञ्जालमा हाल यात्री मोटरसाइकलको एउटा बाइकको च्यासिस भाँचिएको र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...