यो भिडियो चीनको झेझियाङ प्रान्तको सडकमा खिचिएको हो । यसमा तीन पांग्रे गाडीमा कार बोकिएको छ ।
पुराना गाडी बेच्ने स्थानबाट सो कार ल्याएको चालकले प्रहरीलाई बताए ।
सो कारलाई उनले अर्को स्थानमा लैजादै थिए । पुरानो कार किनेर त्यसमा भएका पार्ट्स बेचेर किनेको मूल्य भन्दा बढी पैसा कमाउन उनी चाहन्थे ।
यद्यपि बढी क्षमताको गाडी बोकेकोमा प्रहरीले चालकलाई करिब २१ हजार रुपैयाँ जरिवाना तिराउनुका साथै लाइसेन्समा ९ अंक लेखिदिए ।
https://youtu.be/q7upoHaKQxM