tvs-race

विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीबाट बच्नका लागि विश्वभर विभिन्न प्रयास भइरहेका छन् ।

यसबाट बच्नका लागि मुख्य कार्य एक अर्काबाट टाढा रहनु अर्थात सोसल डिस्टेन्सिङ हो । यही कुरालाई मनन गरी विश्वका प्रतिष्ठित कार निर्माता कम्पनीहरुले सोसल डिस्टेन्सिङ बुझाउने गरी आफ्नो लोगो समेत परिवर्तन गरेका छन् ।

कार कम्पनीहरुले सोसल डिस्टेन्सिङको राम्रो सन्देश दिनका लागि आफ्नो लोगो समेत परिवर्तन गरेका छन् । सो कार्यमा फक्सवागन, औडी, मर्सिडिज–बेन्ज र हुन्डाई सामेल छन् ।

यी कम्पनीहरुले यसका लागि आफ्नो लोगोलाई मोडिफाई गरेका छन् । ती लोगोका आधारमा प्रत्येक मेटल कसरी एक अर्काबाट अलग रहेका छन् भन्ने थाहा पाउन सकिन्छ ।

हुन्डाईले आफ्नो लोगोलाई मोडिफाई ट्विट गरेको छ । यसमा दुई व्यक्ति एक अर्कामा हात मिलाइरहेको र अब दुवैले एक अर्काबाट हात हटाएको देखिन्छ । यसबाट एक अर्कामा हात मिलाउनु नै कोरोना भाइरसको लागि सबैभन्दा खतरनाक हो भन्ने सन्देश मिलेको छ ।

मर्सिडिज बेन्जले हालै सोसल डिस्टेन्स लोगो ट्रेन्ड सामेल गरेको छ । कम्पनीले गत महिना आफ्नो लोगोको संशोधित भर्सन फेसबुकमा अपलोड गरेको थियो ।

फक्सवागनले सोसल डिस्टेन्सलाई राम्रो तरिकाले बुझाउने तरिकाले एक भिडियो अपलोड गरेको छ ।

त्यसैगरी औडीले पनि मार्च २० मा सोसल डिस्टेन्सिङलाई देखाउने गरी औडीको लोगो सहितको छोटो भिडियो फेसबुकमा अपलोड गरेको छ ।