tvs-race

भारतको मुम्बईस्थित व्यस्त सडकमा रोयल इन्फिल्ड बाइकमा सवार अभिनेत्री सोनाक्षी सिन्हाको तस्बिर र भिडियो हाल भाइरल बनेको छ ।

सडकमा सोनाक्षी सिन्हालाई देख्नासाथ पापाराजी पत्रकारहरुले समेत उनको तस्बिर लिन तँछाडमछाड गरेका थिए । त्यही समयमा अन्य गाडीबाट टाढै राख्नका लागि उनका अंगरक्षक समेत साथै थिए ।

यद्यपि सोनाक्षी सिन्हाको यो कार्यको भने कतिपयले आलोचना गरेका छन् । उनको वारेमा ट्रोल समेत बनेका छन् ।

तर सोनाक्षी भने वास्तवमा करिना कपुरको ह्वाट विमेन वान्ट अन अ बाइक नामक रेडियो शोका लागि बाइकमा सवार भएर निस्केकी थिइन् ।

उनलाई कतिपयले ‘दबंग गर्ल’ र कतिपयले ‘बुलेट रानी’ भनेर प्रशंसा समेत गरेका छन् ।