tvs-race

बुगाटी ब्रान्ड भेरोन र चिरोन जस्ता शानदार सुपरकारको लागि प्रसिद्ध छ । हालै बुगाटीले खेलौना कार बनाएको छ । जसको नाम कम्पनीले बुगाटी बेबी २ राखेको छ ।

सो खेलौना कार सन् २०१९ को जेनेभा मोटर शोमा थ्रीडी प्रिन्टेड मोडलको रुपमा प्रदर्शन गरिएको थियो । यसको मूल्य लाखौ रुपैया रहेको छ । सो कार ५०० युनिट मात्र निर्माण गरिने छ ।

बुगाटीको बेबी २ कार १९२७ मा निर्माण भएको बेबी कारको मोडर्न भर्सन हो । बुगाटीको फाउन्डर एतोरे बुगाटीले सन् १९२६ मा आफ्नो छोराको चौथो जन्मदिनको उपलक्ष्यमा बेबी कार बनाइएको थियो ।

सो कार १९२० को दशकको चर्चित रेसिङ कार टाइप ३५ को सानो भर्सन हो । कम्पनीले १९२७ र १९३६ को बीचमा ५०० युनिट बेबी कार बिक्री गरेको थियो । नयाँ बेबी कार पुरानो मोडल भन्दा ठूलो र बढी पावरफुल रहेको छ ।

बुगाटी बेबी २ को साइज रेसिङ कार टाइप ३५ को तीन चौथाई रहेको छ । सो कार विशेषगरी बच्चाको लागि निर्माण गरिएको हो तर ठूला मानिसले पनि केही दुरीसम्म चलाउन सकिन्छ । यसमा २ पावर मोड चाइल्ड र एडल्ट समावेश गरेको छ ।

Motorhead

बेबी २ तीन भेरिएन्टमा उपलब्ध रहेको छ । जसमा बेस, भिटेस र पुरसाङ समावेश रहेको छ । बेस भेरिएन्ट फुल चार्ज हुँदा २५ किलोमिटर दुरी तय गर्छ । यसमा नोभिस र एक्सपर्ट मोड समावेश छ । जसको टप स्पिड २० किलोमिटर र ४५ किलोमिटर प्रति घन्टा रहेको छ । अन्य दुई भेरिएन्टको टप स्पिड ७० किलोमिटर प्रति घन्टा रहेको छ । जबकि फुल चार्जमा ५० किलोमिटर प्रति घन्टा रहेको छ । बेबी २ खेलौना कारमा रिमुभेबल लिथियम आयोन ब्याट्री समावेश छ ।

बुगाटी बेबी २ को बेस मोडलको मूल्य ३० हजार यूरो, भिटेस मोडलको ४३ हजार ५०० यूरो रहेको छ । टप मोडल बुगाटी बेबी २ पुरसाङको मूल्य ५८ हजार ५०० यूरो रहेको छ ।