tvs-race

काठमाडौं – नेपाली बजारका लागि बीएस ६ मापदण्डयुक्त केटीएम २०० ड्युक बाइकको बुकिङ खुलेको छ ।

नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सो बाइकको बुकिङ खुलेको जानकारी दिएको छ । सो बाइकको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा यो भन्दा पहिले देखि यही सीसीका केटीएम बाइक उपलब्ध छन् । यी मध्ये ड्युक २०० नन–एबीएसको मूल्य ४ लाख ९९ हजार र एबीएसको मूल्य ५ लाख २४ हजार ९ सय रुपैयाँ छ ।

भारतीय बजारमा पहिले देखि नै उपलब्ध केटीएमको नयाँ बीएस ६ ड्युक २०० मा नयाँ मापदण्डको इन्जिन छ ।

Motorhead

यसमा भएको १९९.५ सीसीको इन्जिनले २५ पीएसको पावर र १९.३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा १३.५ लिटरको इन्धन ट्यांकी रहेको छ । त्यसैगरी ड्युअल च्यानल एबीएस छ ।

विशेष गरी युवाहरुले रुचाउदै आएको केटीएमका एड्भेन्चर बाइक निकै नै लोकप्रिय छन् । यो बाइकको पनि उनीहरुले निकै नै प्रतीक्षा गरिरहेका छन् ।

अबको केही सातामै यो बाइक नेपाली बजारमा उपलब्ध हुने बताइएको छ ।