बीएमडब्ल्यु मोटराड राइड सम्पन्न

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – बीएमडब्ल्यु बाइकको नेपालका लागि आधिकारिक वितरक टर्क मोटर्स अन्तर्गतको हिमालय मोटरार्डले बीएमडब्ल्यु मोटराड राइड सम्पन्न गरेको छ । गत शनिबार सम्पन्न सो राइड कम्पनीको नक्सालस्थित सोरुमबाट प्रारम्भ भई बोसनडाँडामा पुगेर समापन भएको थियो ।

सिस्टमेटिक ग्रुप राइड र ट्राफिक नियमलाई पालना गरेर गरिएको सो राइडमा बीएमडब्ल्युका नेपालमा उपलब्ध दुई मोडलका बाइक बीएमडब्ल्यु जी३१०आर र जी३१०जीएस प्रयोग गरिएको थियो ।

यी दुई बाइकको मूल्य क्रमशः ९ लाख ७५ हजार र १० लाख ९० हजार रुपैयाँ छ ।

बाइकमा ३ वर्ष सम्म अनलिमिटेड किलोमिटर वारेन्टीका साथै ३ वर्ष सम्म जिरो कस्ट सर्भिसिङ सुविधा समेत उपलब्ध छ ।

यी बाइक किन्नका लागि एक्सचेन्ज र फाइनान्स सुविधा समेत उपलब्ध भएको कम्पनीको भनाइ छ ।

Motorhead

बीएमडब्ल्यु जी३१०आर स्ट्रिट नेकेड मोटरसाइकल हो । यसमा भएको इन्जिनले ३४ एचपी पावर र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको रिजिड ट्युबुलर स्टिल फ्रेम, अपसाइड डाउन फोर्क र लामो स्विङ आर्मले राइडिङ स्ट्याबिलिटी, स्टेयरिङ रेस्पोन्स र साउन्ड ह्यान्डलिङमा सहयोग गर्छ ।

बीएमडब्ल्यु जी३१०जीएस एड्भेन्चर तथा टुरिङ मोटरसाइकल हो । यसमा ३१३ सीसीको लिक्विड कुल्ड डीओएचसी इन्जिन छ, जसले ३४ एचपी र २८ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको ईएफआई सिष्टमको इन्जिन र पछिल्तिर फर्किएको सिलिन्डर हेडले चिसो हावा छोड्न र राम्रो पर्फमेन्स प्रदान गर्न भूमिका खेल्छ । यसमा भएको लामो स्विङआर्म र ५८ इन्चको छोटो ह्विलबेसले ब्यालेन्स नियन्त्रण गर्न र स्ट्याबिलिटी सुधारमा सहयोग गर्छ ।


Subscribe Now