tvs-race

काठमाडौं – बीएमडब्ल्युका बाइक पहिलो पटक नेपाली बजारमा भोलिदेखि औपचारिक रुपमा प्रवेश गर्ने भएका छन् । बीएमडब्ल्यु मोटरार्डको नेपालका लागि आधिकारिक वितरक टर्क मोटरले सो बाइक औपचारिक रुपमा बिक्री–वितरण प्रारम्भ गर्नेछ ।

हाल सो बाइकको टेष्ट राइड अभियान चलिरहेको छ । इच्छुक राइडरहरुले सो बाइक राइडको आनन्द लिन सक्छन् ।

प्रारम्भमा जी ३१० जीएस र जी ३१० आर गरी दुई मोडल भित्र्याउनेबताइएको छ ।

जी ३१० जीएसको मूल्य १० लाख ९० हजार देखि ११ लाख १५ हजार र जी ३१० आरको मूल्य ९ लाख ५० हजार देखि ९ लाख ७५ हजार रुपैयाँसम्म हुनेछ ।

कम्पनीले बाइकमा ३ वर्ष सम्म अनलिमिटेड किलोमिटर वारेन्टी उपलब्ध गराउने बताएको छ ।

बीएमडब्ल्युले केही वर्ष यता शौखिन युवाहरुलाई लक्ष्यित गरी प्रिमियम सेगमेन्टका बाइक उत्पादन गर्दै आएको छ ।

अन्य ब्रान्डको तुलनामाफरक र प्रतिस्पर्धा गर्न नसक्ने किसिमका बाइक यसले उत्पादन गर्दै आएको छ ।

बीएमडब्ल्युका यी बाइकमा ३१३ सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन छ । 

यसको अधिकतम पावर ३४ एचपी र टर्क २८ एनएम छ ।

बाइकले नेकेड स्पोर्ट्स बाइक र एड्भेन्चर बाइक सेगमेन्टमा पुरै नयाँपन ल्याउने विश्वास गर्न सकिन्छ ।

बाइकले ३० किलोमिटरको माइलेज दिने र टप स्पिड १४४ किलोमिटर प्रतिघण्टा हुने बताइएको छ ।

बाइकमा एबीएस, अपसाइड डाउन टेलिस्कोपिक फोर्क, ६–

स्पिड गियरबक्स, एड्जस्टेबल रियर पेलोड, स्मोक्ड टर्न सिग्नल लेन्स, एलईडी रियरलाइट र अन्य विभिन्न फिचर उपलब्ध छन् ।