हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको गाडी आइतबार देखि सबैले हेर्न पाइने

ISUZU

yamaha-nepal
tvs-race
thee-go

काठमाडौं – नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि आइतबार देखि खुला हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुने भएको हो ।

देश तथा विदेशका अनुसन्धानकर्ताहरुका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै मन्त्री भट्टराईले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदीका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहेपनि कोभिडका कारण सम्भव नभएको बताए ।

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले त्रिभुवनलाई उपहारस्वरुप दिएको गाडी पनि प्रदर्शनमा राखिएको छ ।

यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।

अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको छ । २०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए ।

अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार संग्राहालयमा परिणत भए पनि उक्त सदन बन्द रहेको थियो ।


Subscribe Now