Apache Race Track Experience

मोटरसाइकल जस्तो भएपनि सबैजना बाइकको माइलेज बढोस् भन्ने चाहन्छन् । हुन त यो बाइक राइडरमा पनि निर्भर रहेको हुन्छ ।

गर्मीसँगै बाइकको माइलेज पनि घट्दै गएको हुन्छ । तर यी ४ कुरामा ध्यान दिन सकेमा बाइकको माइलेज बढाउन सकिन्छ ।

घाममा पार्किङ नगर्नु
जानेर वा नजानेर हामीले बाइक घाममा पार्किङ गरेका हुन्छौ । घाममा बाइक पार्किङ गर्दा बाइकको फ्युल ट्यांकीमा भएको पेट्रोल ग्यासमा परिवर्तन भएको हुन्छ र उड्न थाल्छ । हुन त यो प्रक्रिया कम मात्रामा हुने गर्छ । तर विहानदेखि बेलुकासम्म यसरी घाममा बाइक पार्किङ गर्दा निकै इन्धन बर्बाद भएको हुन्छ । त्यसैले सकेसम्म बाइकलाई सितल ठाउँमा पार्किङ गर्नु उचित हुन्छ ।

हप्तामा ३ पटक टायर प्रेसर जाँच गर्नुहोस्
धेरै गर्मीको कारण टायरमा रहेको हावाको दवाव तीव्र गतिमा परिवर्तन हुन्छ । गर्मी मौसममा टायरमा हावाको मात्रा कम भएको हुन्छ । जसको कारण बाइकको माइलेज कम भएको हुन्छ । त्यसैले हप्तामा कमसेकम ३ पटक हावाको प्रेसर जाँच गर्नुपर्छ । साथै टायरमा जति चाहिन्छ, त्यति हावा राख्नु पर्छ ।

एयर फिल्टर सफा राख्नुपर्छ
गर्मी मौसममा निकै धेरै धुलो उडेको हुन्छ जस्को सिधा असर बाइकमा रहेको एयर फिल्टरमा परेको हुन्छ । एयर फिल्टर फोहोर भएमा इन्जिनमा हावा पुगेको हुँदैन जसको कारण बाइकको माइलेजमा कमी आएको हुन्छ । त्यसैले हरेक ५०० किलोमिटर गुडेमा एयर फिल्टर परिवर्तन गर्नु पर्छ ।

चेनसेट सुख्खा राख्नुहोस
गर्मी मौसममा पानी निकै पर्ने भएकोले बाटो पनि हिलो भएको हुन्छ । जसमा बाइक गुडाउँदा बाइकको चेनमा हिलो लागेको हुन्छ । हरेक ५०० देखि ७०० किलोमिटर बाइक गुडाउँदा चेनसेटमा मोविल राख्नुपर्छ । जसले चेनसेटमा रहेको हिलो सफा हुन्छ । चेनसेट सफा राख्दा बाइकको माइलेज बढ्न थाल्छ ।