अनलाइनमार्फत बाइक वा गाडी किन्दा फाइदा कि बेफाइदा

प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन किनमेलको क्रम बढेको छ । यसै सन्दर्भमा नेपाली अटोमोबाइल बजार समेत यसबाट अछुतो रहन सकेको छैन ।

अनलाइनमार्फत बाइक वा गाडी समेत किनबेच गर्ने प्रचलन बढेको छ । संस्थागत वा ब्यक्तिगत रुपमा पनि यसरी बाइक वा गाडी बिक्री गर्नेहरु प्रशस्तै छन् । तर के फाइदा वा बेफाइदा छ त यसरी बाइक वा गाडी बिक्री गर्दा ? यसतिर भने धेरैले ध्यान दिएको देखिदैन ।

बजारमा पुराना वा सेकेन्ड ह्यान्ड गाडी वा कार बिक्री गर्नका लागि प्रशस्तै सोरुमहरु खुलेका छन् । यसरी खोलिएका सोरुममार्फत नयाँ ग्राहकले वारेन्टी वा ग्यारेन्टी पनि पाउछन् । तर अनलाइनमार्फत ब्यक्तिगत रुपमा बिक्री गर्नका लागि खोलिएका पसलहरुबाट त्यस्तो सुविधा पाइदैन । यस्ता अनलाइनहरु सेकेन्ड ह्यान्ड बाइक बिक्रेताहरुका लागि चुनौती समेत हुन् ।

यसबारेमा के भन्छन् त व्यवसायीहरु ?
सेकेन्ड ह्यान्ड अर्थात रिकन्डिसन बाइक बिक्री गर्दै आएका व्यवसायीहरुको संस्था नेपाल रिकन्डिसन व्यवसायी संघका निवर्तमान अध्यक्ष बि.एन. पाठक अनलाइन रुपमा बिक्री गरिएका बाइकहरुमा वारेन्टी ग्यारेन्टी र फाइनान्सको सुविधा नहुने मात्र होइन, यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा समेत असर पुगिरहेको बताउछन् । आफूहरुले सरकारलाई राजस्व तिररै सोरुममार्फत कारोबार गरिरहेको र ग्राहकलाई पनि प्रशस्तै सुविधा उपलब्ध गराइरहेको, तर अनलाइन रुपमा बिक्री गर्ने व्यवसायीहरुले कुनै पनि सुविधा उपलब्ध नगराउने गरेको उनले बताए ।

रिकन्डिसन व्यवसायीहरुले सबै बाइकहरु कुन कन्डिसनमा छन् भनेर परीक्षण गरेर मात्र बिक्रीका लागि राखेका हुन्छन् । त्यसैगरी ग्राहकलाई आवश्यकता अनुसारको फाइनान्स सुविधा समेत उपलब्ध गराउछन् । निश्चित समयमका लागि वारेन्टी वा ग्यारेन्टी समेत उपलब्ध गराउछन् । तर यी कुनै पनि कुराको सुनिश्चितता अनलाइन बिक्रेताहरुबाट नहुने पाठकले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...