सन् २०२० : सबैभन्दा बढी बिक्री भयो यो कार

ISUZU

tvs-race
thee-go
yamaha-nepal

सन् २०२० समाप्त भएको छ । यो वर्ष सबैभन्दा बढी बिक्री भएको कारको सूची सार्वजनिक भएको छ । नेपाली बजारको नजिक भारतीय बजार भएको र धेरै भारतीय कम्पनीका कार नेपालमा उपलब्ध भएकाले नेपालका लागि समेत यो सूचीले केही अर्थ राख्छ ।

यो वर्ष मारुती सुजुकीको स्विफ्ट भारतको सबैभन्दा बढी बिक्री हुने कारमा शीर्ष स्थानमा परेको छ । बिक्रीको हिसाबले स्विफ्टले मारुतीको अल्टो कारको रेकर्ड तोडेको छ । १५ वर्षको अन्तरालमा सन् २०१८ मा मारुतीको स्विफ्ट डिजायरले मात्र सो उपलब्धि हासिल गरेको थियो । डिजायर स्विफ्टको सेडान मोडल हो ।

२०२० मा मारुतीका सबैभन्दा बढी कार टप १० लिस्टमा पर्न सफल भएको छ । पहिलो नम्बरमा मारुतीको स्विफ्ट, दोस्रोमा अल्टो, तेस्रोमा बलेनो त्यसैगरी क्रमशः वागनआर, डिजायर, ईको, हुन्डाई क्रेटा, किया सेल्टोस, हुन्डाई ग्रान्ड आई१० र मारुती सुजुकी ब्रेजा सबैभन्दा बढी बिक्री भएको छ ।

मारुती सुजुकीको प्रतिस्पर्धी कम्पनी हुन्डाईको क्रेटा २०२० मा बढी बिक्री हुने एसयूभी पर्न सफल भएको छ । दोस्रो नम्बरमा किया सेल्टोस, तेस्रो स्थानमा महिन्द्राको स्कोर्पियो, चौथौ नम्बरमा एमजी हेक्टर र पाँचौ स्थानमा टाटा हेरियर पर्न सफल भएको छ ।

 


Subscribe Now