पल्सर एनएस २०० फ्युल इन्जेक्सन प्रविधिको साथमा आउने, तिहारमा लन्च हुने

बजाजको पल्सर सिरिजको बाइक निकै लोकप्रिय रहदै आएको छ । पल्सर सिरिजमा पल्सर एनएस२०० युवाहरुको लागि लक्षित रहेको छ र केही समय अघि कम्पनीले सो बाइकमा एन्टि लक ब्रेकिङ सिस्टम पनि समावेश गरेको छ ।

रिपोर्टका अनुसार बजाज कम्पनीले पल्सर एनएस २०० लाई फ्युल इन्जेक्सन (एफआई) टेक्निकको साथमा लन्च गर्दैछ । सो बाइकको मूल्य १ लाख १२ हजार ५५७ भारु रहेको छ ।

अहिले बजारमा उपलब्ध पल्सर एनएस २०० बाइकमा १९९.५ सीसीको इन्जिन जडान गरिएको छ । लिक्विड कुल्ड, ४ भल्व, फ्युल इन्जेक्टेड सो इन्जिनले ९५०० आरपीएममा २३.५ एचपीको पावर र ८००० आरपीएममा १८.३ एमएमको टर्क जेनेरेट गर्छ ।

सो बाइकमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ । तर एफआई इन्जिनमा आउन लागेको पल्सरको इन्जिनमा केही परिवर्तन गरिने छैन । यसमा फ्युल इन्जेक्सन मात्र समावेश गरिनेछ ।

पल्सर एनएस २०० मा ब्रेकिङको लागि फ्रन्टमा २८० एमएम डिस्क र रियरमा २३० एमएम डिस्क रहेको छ । सो बाइकमा सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ । यसको साथै सो बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क्र्स र रियरमा मोनोसक समावेश गरिएको छ ।

Subscribe Now