tvs-race

बजाजले आफ्नो सबै प्रोडक्ट रेन्जलाई बीएस ६ उत्सर्जन मानकमा अपग्रेड गरिसकेको छ । तर कम्पनीले दुई बाइक बजार डिस्कभर ११० र डिस्कभर १२५ लाई बीएस ६ मा अपग्रेड गरेको छैन । जसले गर्दा सो बाइक भारतीय बजारमा बन्द हुने भएको छ । कम्पनीले सो बाइकलाई किन बीएस ६ मा अपग्रेड नगरेको भन्ने जानकारी दिएको छैन ।

यद्यपि भारतीय मात्र होइन, नेपाली बजारमा समेत बजाज डिस्कभरको विभिन्न मोडल लोकप्रिय रहेको छ । यसले गर्दा यो उत्पादन बन्द हुने हल्लाले धेरैलाई अचम्मित तुल्याउन सक्छ ।

कम्पनीले पहिलो पटक १२५ सीसी मोडलबाट डिस्कभर शुरु गरेको थियो । जसको रेन्ज पछि विस्तारै बढाउदै गएको थियो । यसमा १००, १२५, १३५ र १५० सीसी समावेश रहेको छ । कम्पनीले अपग्रेड भर्सन र बढी हार्डवेयर भएको भेरिएन्ट पनि समावेश गरेको थियो जसमा डिस्क ब्रेक, मोनोसक रियर सस्पेन्सन साथमा उपलब्ध थियो ।

सन् २०१८ मा बजाज अटोले डिस्कभर ११० र १२५ सीसीको बाइक पेश गरेको थियो । शुरुवातमा सो बाइक पारम्परिक डिजाइनमा पेश गरेको थियो । हाल बजाजका विभिन्न ३० भन्दा बढी भेरिएन्ट उपलब्ध छन् ।

कम्पनीले सो बाइक बीएस ६ मा अपग्रेड गरेको छैन । जसले गर्दा सो बाइक केही अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ जहाँ अहिले पनि बीएस ४ इन्जिन प्रयोग गरिन्छ ।

यद्यपि यो ब्रान्ड सधैका लागि बन्द भने नहुन सक्छ । पहिले पनि धेरै ब्रान्डले यस्तै गरेका छन् । त्यसैले यसलाई अझै परिमार्जित भर्सनका साथ बजारमा फेरि उतार्ने अनुमान गर्न सकिन्छ ।