१५ हजार रुपैयाँले बढ्यो बजाज डोमिनारको मूल्य, अन्य बाइकमा १ हजार देखि ३ हजार सम्म वृद्धि

ISUZU

yamaha-nepal
tvs-race
thee-go

काठमाडौं – नेपाली बजारमा उपलब्ध बजाजका अधिकांश बाइकको मूल्य वृद्धि भएको छ । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले आज देखि लागू हुने गरी नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

यस अनुसार सबैभन्दा धेरै मूल्य बजाज डोमिनारको बढेको छ । बजाज डोमिनार सहित हाल धेरै बाइक नेपालमै एसेम्बल हुने गरेका छन् । भारतमा समेत बजाजका बाइकको मूल्य बढिरहेको अवस्थामा नेपालमा पनि बजाज बाइकको मूल्य बढेको कम्पनी स्रोतले बताएको छ ।

बजाजका अधिकांश बाइक नेपालमै एसेम्बल हुने गरेका छन् । गत माघ महिनामा डोमिनार समेत नेपालमै बन्ने भए पछि पहिले भन्दा ७० हजार कम मूल्य सहित यसलाई ५ लाख २९ हजार ९ सय रुपैयाँमा बिक्री प्रारम्भ गरिएको थियो । त्यसपछि गत साउन अन्तिम सातामा यसको मूल्यमा ५ हजार रुपैयाँ वृद्धि गरेर ५ लाख ३४ हजार ९ सय रुपैयाँ पु¥याइएको थियो ।

हाल यसको मूल्य एकै पटक १५ हजार रुपैयाँले वृद्धि गरेर ५ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

Motorhead

नेपाली बजारमा हाल उपलब्ध बजाजका बाइक मध्ये पल्सर १२५ डिस्क वाहेक अन्य सबै बाइकको मूल्यमा १ हजार देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरिएको छ ।

नेपाली बजारमा उपलब्ध बजाज बाइक र ती बाइकको नयाँ मूल्य सूची यहाँ हेर्न सकिन्छ ।


Subscribe Now